७ पुष २०८१, आईतवार

एमसीसी विरुद्धको अभियानले धादिङमा जनसभा गर्दै

0

काठमाडौं: असाेज ४ गते काठमाडौंबाट सुरु भएको MCC खारेज अभियान ५ गते रसुवा र नुवाकोटपछि आज ६ गते धादिङवेशी पुगेको छ । अपरान्ह धादिङवेशीकाे ‘पुछार बजार’ मा सामना परिवारकाे प्रस्तुतिसहित जनसभा भइरहेको छ ।

नेकपाका पिबिएम माइला सीकाे अध्यक्षता भइरहेको सभामा कलाकार तथा नेकपा केन्द्रीय सदस्य आराेह सीले उद्घाेषण गरिरहेका छन् ।


जनसभामा पश्चिम ताम्सालिङ ब्युरोका इन्चार्ज आजाद सी नुवाकोट इन्चार्ज गाेपाल लगायत नेताहरूले मन्तव्य राखेका छन् । ६ गते बजारमा पैदलयात्रा गर्दै कार्यक्रम स्थल पुगेको टाेलीले साँझसम्म बजारमा सभा र सांस्कृतिक कार्यक्रम गरिरहेकाे समाचार छ ।

अभियान टाेली आज नै तनहुँ जिल्लाकाे सदरमुकाम दमाैली पुग्ने जानकारी आराेह सीले दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।