७ पुष २०८१, आईतवार

क्यान्सर पीडित सानुमाया थिङलाई नेपाली जनप्रगतिशिल मोर्चा साउदीद्वारा सहयाेग

0

मकवानपुर: नेकपा निकट नेपाली जनप्रगतिशिल मोर्चा साउदीले क्यान्सर पिडित सानुमाया थिङको उपचारका लागि आर्थिक सहयोग गरेको छ । मोर्चाका पूर्व महासचिव तथा हाल नेकपा मकवानपुरका जिल्ला सदस्य कैलाश मैनाली (किशु सी) को पहलमा रु. ३४,५२७/- (चौतिस हजार पाँच सय सताइस्) सहयोग रकम उपलब्ध भएको हो ।

विगत लामो समयदेखि थाइराइड क्यान्सर पिडित अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सूर्य सीकी भाउजू तथा गोपाल गोलेकी श्रीमती सानुमाया थिङ्गको उपचारका लागि मोर्चाले उक्त सहयोग रकम उपलब्ध गराएको हो ।

मोर्चाका सल्लाहकार सेते घर्ती मगर (कसम सी) र अध्यक्ष तोया भट्ट (मिलन सी) को नेतृत्वमा जम्मा भएको सहयोग रकम मोर्चाका पूर्व महासचिव तथा नेकपा मकवानपुरका जिल्ला सदस्य कैलाश मैनाली ‘किशु सी’ ले पार्टीका पोलिट व्युरो सदस्य तथा नारायणी व्युरो इन्चार्ज एटम सीलाई उपलब्ध गराएका छन् । उपलब्ध रकमलाई पिबिएम एटम सीले पार्टीका जिम्मेवार नेतृत्वहरुका साथ बिरामी परिवारलाई बुझाएका छन् ।

सहयोग रकम उपलब्ध गराइ दिएकोमा नेपाली जनप्रगतीशिल मोर्चा साउदी र अन्य जिम्मेवार तथा जुझारु समाजसेवी व्यक्तित्व र सहजीकरण गरिदिनुहुने पार्टीका नेतृत्वका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा देश तथा विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुप्रति बिरामीका स-परिवारले विशेष धन्यवाद प्रकट गरेका छन् ।

त्यस्तै साउदी मोर्चाले बितेका समयहरुमा विदेशमा अलपत्र परेका कैयौं श्रमिकहरुको उद्धार गर्नुका साथै देश विदेशमा रहेका कैयौं असहाय, दुखी, गरिब तथा पिडितहरुलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आइरहेको छ । यसै बीचमा मोर्चाले तत्कालीन विदेश विभाग प्रमुख धमेन्द्र वास्तोला (कन्चन) मार्फत कपिलवस्तुमा निर्मित पार्टीको केन्द्रिय कार्यलय निर्माणका लागि पनि सहयोग छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।