७ पुष २०८१, आईतवार

MCC विरुद्ध मार्चपास अभियानद्वारा पाल्पामा MCA कार्यालय घेराउसहित भव्य विरोध सभा सम्पन्न

0

काठमाडौं: MCC विरुद्धको मार्चपास अभियानले पाल्पामा MCA कार्यालय घेराउसहित भव्य विरोध सभा कार्यक्रम सम्पन्न गरेको छ ।

पाल्पाको रामपुर नगरपालिका -५ बेझाँड चोकमा दिउँसो १:३० बजे सुरु भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पाेलिट ब्युरो सदस्य आदर्श सीले सम्बाेधन गरेका छन् ।

सम्बोधन गर्ने क्रममा नेकपा नेता आदर्श सीले MCA अन्तरगत रहेको जमिन फिर्ता गर्न आग्रह गरे । कुनैपनि हालतमा आफुहरुले MCC कार्यान्वयन हुन नदिने दाबी गर्दै उनलेे कुनै पनि जनताले MCA मा जागिर नखान समेत अपिल गरे । उनलेे MCC खारेज नहुँदासम्म नेपाल कम्युनिस्ट पार्टीले प्रतिरोध गरिरहने उद्घाेष गरे ।

जबर्जस्त अमेरिका आउन खोजे निकट भविष्यमा नेपाल युक्रेनको हालत हुने टिप्पणी गरे ।

 

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज धिरज सी अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जनकलाकार तथा नेकपा केन्द्रीय सदस्य आराेह सीले गरेका थिए ।

जनताको सहभागिता रहेको कार्यक्रममा सामना सांस्कृतिक परिवारले विभिन्न प्रस्तुति देखाएको थियो ।

MCC विरुद्धको अभियान टाेली आजै पाल्पाबाट बुटवल लाग्ने अभियान टाेलीका सदस्य समर झुसेले जानकारी दिए ।

विप्लव नेतृत्वको नेकपाले पूर्वघाेषित दाेस्राे चरणको एमसीसी विरुद्धको संघर्षकाे कार्यक्रम निरन्तर गर्दै आएकाे छ । यहीँ असाेज ४ गते काठमाडौं लप्सीफेदीबाट उद्घाटन गरेको एमसीसी विरुद्धकाे मार्चपास अभियानले नुवाकोट, धादिङ, तनहुँकाे दमाैली हुँदै आज पाल्पामा कार्यक्रम सकेर भाेलि बुटवल गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।