५ जेष्ठ २०८१, शनिबार

आयोजकलाई ३ गोलले पराजित गर्दै सी युवा क्लव सेमिफाइनलमा प्रवेश

0

कैलाली: नेकपा निकट सी युवा क्लव कैलालीले थ्री स्टार युवा क्लब आयोजकलाई २/३ गोलको अन्तरले पराजित गरेर दाेस्राे चरणको खेलमा आफ्नो जित हासिल गर्दै सेमि फाइनलमा पुगेको छ ।

गौरीगंगा नगरपालिका वडा नम्बर १० कैलालीले आयोजना गरेको पुरुष खुल्ला फुटबल प्रतियोगिताको दाेस्राे चरणमा सी युवा क्वलले विजयी हासिल गरेको हो । असोज ८ बिहान ९ नौ बजेबाट सुरु १० बजेर ५ मिनेटमा विजय भएर सेमिफाइनल पुगेको छ ।

खेल गौरीगंगा नगरपालिका वडा नम्बर १० को उदयासीरको घरेलु मैदानमा भएको थियो ।

थ्री स्टार २ गोल बनाएको थियो भने सी युवा क्लवले ३ गोल बनाएर विजय हासिल गरेको छ ।

सी युवा क्वलका खेलाडीहरु सन्तोष सी, अशान्त सी, टपेन्द्र सी, दिलिप सी, भरत सी, अमीर सी, करन सी, आसापुरन सी, तपेन्द्र सी, सजित सीरहेको टिममा दिलिप सीले आफ्नो टिमको पक्षमा दुई गोल बनाएर थियो भने तपेन्द्र सीले १ गोल बनाएर सी युवा क्लवलाई दाेस्राे खेलमा विजय भएर सेमिफाइनलमा पुगेको छ ।

सी युवा क्लबलाई नेकपा कैलाली जिल्ला कार्यलयबाट भरत सी र सेती ब्युरो उत्पादन सेक्रेटरी भरत सी र नेकपा गौरीगंगा नगरपालिका सेक्रेटरी लगाएत नेकपा फिल्डमै खटिएर हौसला दिएको छ ।
५ गतेदेखि उद्घाटन भएको खुल्ला फुटबल प्रतियोगिता अहिलेसम्म १० वटा टिमले खेलिसकेको छ । खुला फुटबलको फाइनल नतिजा भोलि ९ गते हुने आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।