८ पुष २०८१, सोमबार

बुटवलमा एमसीसीविरुद्ध मार्चपास र सांस्कृतिक कार्यक्रम हुने

0

बुटवल: नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध बुटवलमा मार्चपास तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । गठबन्धन सरकारले एमसीसी कार्यान्वयनका लागि हस्ताक्षर गरी काम सुरु गरेपछि असोज ९ गते मंगलबार नेकपाले उक्त कार्यको विरोध गर्दै मार्चपास तथा सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
नेकपाको केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा विरोध सभा कार्यक्रम गर्न लागेको हो । मंगलबार दिउँसो साढे १ बजे जेसिसचोकबाट मार्चपास सुरु गरेर नयाँ बसपार्कमा पुग्ने र उक्त स्थानमा केन्द्रीय सामना परिवारले सांस्कृतिक प्रस्तुति दिने नेकपा पोलिट ब्युरो सदस्य एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सीले बताएका छन् ।
लप्सीफेदीदेखि सुरु गरेको मार्चपास तथा सामना सांस्कृतिक कार्यक्रम, नुवाकोट, धादिङ, तनहु, पाल्पा हुँदै बुटवल आइपुगेको हो । नेकपाले एमसीसी कार्यान्वयन हुने स्थान र क्षेत्रमा उक्त कार्यक्रम गर्दै आएको हो । मंगलबार बुटवलमा हुने कार्यक्रममा सामना परिवारका केन्द्रीय कलाकारहरुले सांस्कृतिक प्रस्तुति गर्ने र नेकपाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
मंगलबार हुने कार्यक्रमका सहभागिताका लागि नेकपा रुपन्देहीले सम्पूर्ण देशभक्त, बुद्धिजीवी, विभिन्न राजनीतिक दल एवं जनसमुदायलाई अनुरोध गरेको छ भने उक्त कार्यक्रमका लागि केन्द्रीय सामना परिवार बुटवल आइसकेको नेकपाले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।