८ पुष २०८१, सोमबार

आइपीएसमा प्रधान सेनापतिको सहभागिताप्रति विप्लवद्वारा कडा विरोध (विज्ञप्तिसहित)

विध्वंकारी गठबन्धनमा सहभागि नबन्न सरकारलाई आग्रह

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आइपीएसमा नेपाली सेनाका प्रधान सेनापतिको सहभागिताप्रति कडा आपत्ति जनाउँदै विरोध गरेका  छन् । आइपीएसमा नेपाली सेनाका प्रधान सेनापतिको सहभागिताबारे वक्तव्य जारी गर्दै आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागितालाई कडा विरोध गर्दै यस्तो विध्वंकारी गठबन्धनमा सहभागि नबन्न सरकारलाई आग्रह गरेका छन् ।
महसचिव विप्लवले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा २०८० असोज ६ गते हिन्द प्रसान्त रणनीति (आइपीएस) को सम्मेलनमा भाग लिन गएको विषयले नेपाली जनतालाई एकदमै चिन्तित तुल्याएको भन्दै यसप्रति आफ्नो पार्टीको ध्यान गम्भीर ढङ्गले तानिएको बताएका छन् । उक्त घटनाबारे कडा आपत्ति जनाउँदै महासचिव विप्लवले सरकारकाे आधिकारिक धारणा सार्वजनिक गर्न माग समेत गरेका छन् ।

वक्तव्यमा भनिएको छ,‘आइपीएसको सम्मेलनमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा सहभागि बनेको विषयले ठूलो तरङ्ग पैदा गरेको छ । नेपाल सरकारका प्रधानमन्त्री चीन भ्रमणमा रहेका बेला कैयौं आर्थिक योजनामा सहमति बन्न नसक्नु तर गए साल एमसीसीलाई नेपाली जनताको असहमति विपरित संसद्बाट पास गर्नु र आइपीएस सम्मेलनमा यसरी सहभागि बन्नुले विश्व जगतमा नेपाल अमेरिकी गठबन्धनमा गएको भन्ने सन्देश जादैन र ! यसले नेपाली जनताको चाहना र नेपालको भू–राजनैतिक संवेदनशीलतालाई बोध गर्न नसकेको स्पष्ट हुन्छ । यस्तो गैरजिम्मेवार हर्कतले नेपाल र नेपाली जनतालाई अनावश्यक र अकल्पनीय क्षति पुुग्नेमा हाम्रो पार्टीले सबैलाई सचेत बनाउन चाहन्छ । साथै हाम्रो पार्टी आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागितालाई कडा विरोध गर्दै यस्तो विध्वंकारी गठबन्धनमा सहभागि नबन्न सरकारलाई माग गर्दछ ।’

विज्ञप्तीको पूरा पाठ-

आइपीएसमा प्रधान सेनापतिको सहभागिताबारे वक्तव्य    नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा २०८० असोज ६ गते हिन्द प्रसान्त रणनीति (आइपीएस)को सम्मेलनमा भाग लिन गएको विषयले नेपाली जनतालाई एकदमै चिन्तित तुल्याएको छ । यसप्रति हाम्रो पार्टीको ध्यान पनि गंभीर ढङ्गले तानिएको छ । घटनाबारे आपत्ति जनाउँदै सरकारले आफ्नो आधिकारिक धारणा गरोस् भन्ने माग गर्न चाहन्छ ।
अमेरिकी सरकारको नेतृत्वमा गठन भएको हिन्द प्रसान्त रणनीति आक्रमक सैन्य गठबन्धन हो । यो अन्तराष्ट्रिय जगतमा निकै विवादित र आलोच्य छ । यसको प्रमुख लक्ष्य हिन्द प्रसान्त क्षेत्रमा अमेरिकी सैन्य नियन्त्रणलाई सुदृढ गर्ने, एसियामा आफ्नो प्रभुत्य बलियो बनाउने र चीनलाई घेर्ने छ ।
अमेरिकाले नेपलालार्ई पनि यो सैन्य गठबन्धनमा सहभागि गराउन बारम्बार दबाब दिदै आएको छ । नेपालको संसद्बाट लादिएको एमसीसी पनि यसैको हिस्सा बनाइएको छ । तर नेपाल हालसम्म यो गठबन्धनमा घोषित रुपले सहभागि बनेको ठानिदैन । नेपाली जनताको जब्बर मत नेपाल कुनै पनि अन्तराष्ट्रिय सैन्य गठबन्धनमा सहभागि बन्नु हुँदैन भन्ने रहेको प्रष्टै छ । सबै राजनैतिक पार्टी र नेपाल सरकारले पनि बेलाबेला आइपीएसमा सहभागि बन्न नसक्ने धारणा सार्वजनिक गर्दै आएका छन् । परन्तु सन् २०२३ को आइपीएसको सम्मेलनमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा सहभागि बनेको विषयले ठूलो तरङ्ग पैदा गरेको छ । नेपाल सरकारका प्रधानमन्त्री चीन भ्रमणमा रहेका बेला कैयौं आर्थिक योजनामा सहमति बन्न नसक्नु तर गए साल एमसीसीलाई नेपाली जनताको असहमति विपरित संसद्बाट पास गर्नु र आइपीएस संमेलनमा यसरी सहभागि बन्नुले विश्व जगतमा नेपाल अमेरिकी गठबन्धनमा गएको भन्ने सन्देश जादैन र ! यसले नेपाली जनताको चाहना र नेपालको भू–राजनैतिक संवेदनशीलतालाई बोध गर्न नसकेको स्पष्ट हुन्छ । यस्तो गैरजिम्मेवार हर्कतले नेपाल र नेपाली जनतालाई अनावश्यक र अकल्पनीय क्षति पुुग्नेमा हाम्रो पार्टीले सबैलाई सचेत बनाउन चाहन्छ । साथै हाम्रो पार्टी आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागितालाई कडा विरोध गर्दै यस्तो विध्वंकारी गठबन्धनमा सहभागि नबन्न सरकारलाई माग गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।