८ पुष २०८१, सोमबार

ताप्लेजुङमा समाजवादी मोर्चा नेपालको बैठक सम्पन्न

0

उदयपुर: ताप्लेजुङमा समाजवादी मोर्चा नेपाल घटक राजनैतिक दलहरुको बैठक सम्पन्न भएको छ । उक्त बैठकको अध्यक्षता नेकपाका केन्द्रिय प्रतिनिधि समिति सदस्य असल सीले गरेका थिए । बैठक नेकपाको जिल्ला सम्पर्क कार्यलय फुङ्लिङ ४ ताप्लेजुङमा बसेको थियो ।

बैठकमा नेकपा माओवादी केन्द्रबाट केन्द्रिय सदस्य सीता थेबे, जिल्ला संयोजक विष्णु कुमार हाङ्वाङ, एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष छिरिङ लामा, कुमार सिवा, जसपाबाट जिल्ला अध्यक्ष कृतिमान मादेन लगायत नेकपाबाट केन्द्रिय प्रतिनिधि समिति सदस्य असल सी, जिल्ला इन्चार्ज नरपती सी रहेका थिए ।

उक्त बैठकले देशमा भएको विद्यमान राजनैतिक समस्या समाधान गर्न, वैदेशिक हस्तक्षेपको अन्त्य गर्न, महंगी भ्रष्टाचारको विषयलाई नियन्त्रण गर्न, समाजवादी मोर्चाको आवश्यकताको जानकारी गराउन लगाएतको विषयलाई लिझएर माथी उल्लेखित विषय कार्यन्वयन गर्न समाजवादी मोर्चा, नेपालको बैठक बसेको थियो । साथै उक्त बैठकले ताप्लेजुङ जिल्लामा मोर्चाको घोसणा तथा सन्देस सभा यहि असोज २६ गते सिटि हलमा गर्ने निर्णय पनि पारित गरेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।