८ पुष २०८१, सोमबार

प्रगतिशिल कानून व्यवसायी एशोसिएशन (पीएलए) को अध्यक्षमा पोखरेल

0

प्रगतिशिल कानुन व्यवसायी एशाेसियशन  (पीएलए) को अध्यक्षमा अधिवक्ता कपिलचन्द्र पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् ।

 शनिबार काठमाडौँमा भएको प्रगतिशिल कानुन व्यवसायी एशोसिएशनको साधारण सभा तथा दोश्रो राष्ट्रिय सम्मेलनबाट अधिवक्ता पोखरेल सर्वसहमतिबाट अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको संगठनको साधारणसभा तथा दोश्रो राष्ट्रिय सम्मेलनमा देशैभरिबाट व्यवसायी सम्बद्ध प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । सम्मेलनबाट अधिवक्ता पोखरेलको अध्यक्षतामा देशैभरका विभिन्न जिलाहारुबाट प्रतिनिधित्व हुनेगरी अन्य पदाधिकारी लगाएत केन्द्रिय कार्यसमिति सदस्यहरु समेत चयन गरिएको छ ।

 एशोसिएशनको अध्यक्षमा : कपिलचन्द्र पोखरेल (सर्वोच्च बार), उपाध्यक्ष: ज्ञानु केसी (बुटवल उच्च बार), उपाध्यक्ष: नारायण तिवारी ललितपुर बार, उपाध्यक्ष:दिपक जंगम ( काभ्रे बार)
महासचिव:  खिमानन्द अधिकारी ललितपुर बार)
सचिव: सन्तोष कोइराला (विशेष बार),
कोषाध्यक्ष: कान्तिराम ढुंगाना (ललितपुर बार) र केन्द्रिय सदस्यहरुमा क्रमश: नारायण गिरी (चितवन बार) राजु अधिकारी (ललितपुर बार), गंगा बहादुर कोइराला (चितवन बार) अनिशा शर्मा (ललितपुर बार) देवी प्रसाद ढुंगाना (ललितपुर बार)  सुदिप ढकाल (ललितपुर बार) नरोतम पाण्डे (चितवन बार),विकास अधिकारी, सुरेश ताम्राकार, पुरु‌षोतम सुवेदी, आजाद कार्की लगाएत केन्द्रिय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।