५ जेष्ठ २०८१, शनिबार

डा. प्रकाश सी र डा. मान्यता सीबिच प्रगतिशील विवाह सम्पन्न

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी निकट जन स्वास्थ्यकर्मी संघका महासचिव डा. प्रकाश सी र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य डा. मान्यता सीबिच प्रगतिशील विवाह सम्पन्न भएको छ ।
बुधबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा प्रगतिशील विवाह समारोह आयाेजना गरि नेकपाले सुरु गरेको सी संस्कृति अनुसार उनीहरुको प्रगतिशील विवाह सम्पन्न भएको हो ।

डा. प्रकाशका बुवा तथा नेकपा महासचिव विप्लव सी, पार्टीका नेताकार्यकर्ता, अन्य विभिन्न पार्टीका प्रतिनिधि, दुवैका आफन्त परिवारजन, कलाकार तथा स्थानीय जनताको पनि बाक्लो उपस्थितिमा प्रगतिशील विवाह सम्पन्न भएको थियो ।

विवाह समारोहमा नेकपा महासचिव विप्लवले बरबधुलाई फलफूलका विरुवाहरु दिएका थिए । नवविवाहित बरबधुले फलफूल रोपेर विवाहमा नयाँ संस्कृतिको सुरुवात गरेका छन् ।

विवाह समारोहमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका शिर्षस्थ नेता कार्यकर्ता, विभिन्न पार्टीका प्रतिनिधिहरू, परिवारका सदस्य तथा शुभेच्छुकहरूले नवदम्पतिलाई टीका,खादा लगाएर शुभकामना दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।