५ जेष्ठ २०८१, शनिबार

राष्ट्रघातीलाई नायक बनाएर समाजवाद आउँदैन

0

               ऋषिराम कट्टेल

 

हामीले देशलाई माया ग¥यौं । जनताले हामीलाई भने पत्याएनन् । १ लाख नागरिक सडकमा ओर्लिएको भएदेखि एमसीसी परियोजना पारित गर्ने थिएनन् । तर प्रतिरोधको प्रयास जारी राख्नुपर्छ ।
आइपीएसको मुख्यालय नेपालमा बनाउनको लागि अमेरिकाले आर्थिक प्रलोभनको हल्ला गरेको हो । भ्रमित हुनुपर्ने कुनै कारण छैन । नेपालका सत्तारूढ पार्टीका नेताहरू नेपाललाई भाडाको घर ठान्छन् । उनीहरूले मूल थातथलो भन्दैनन् । युरोप–अमेरिकाप्रति उनीहरूको लगाव छ । एमसीसी रोक्न सकिएन भने देश युक्रेन, ताइवान वा अफगानिस्तान बन्छ । एमसीसी पास गर्ने चारजना नेताहरू– देउवा, प्रचण्ड, केपी ओली, माधवकुमार नेपाल हुन् । यी चारजनालाई नाङ्गेझार पार्नुपर्छ । तर समाजवादी मोर्चामा उनै नेताहरू छन् । विप्लवसँग ‘एमसीसी खारेज गरिदेऊ !’ भन्नुपर्ने स्थिति छ । कमरेड विप्लवले आज प्रचण्डलाई ‘एमसीसी परियोजना खारेज गर्छौ कि समाजवादी मोर्चा विघटन गरौं’ भन्न सक्नुपर्छ । म कमरेड झलनाथ खनाललाई पनि भन्छु– राष्ट्रघातीलाई नेता बनाएर समाजवादी आन्दोलन उठाउन सम्भव छ ?

स्राेत: जनपत्रिका पाचौं अङ्कमा प्रकाशित 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।