
प्यूठान: अमेरिकी साम्राज्यवादका विरुद्ध यूवाशक्ति शतिसाल बन्नुपर्ने नेकपाका पोलिट व्यूरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सन्जिव सीले बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीको सहायक संगठन यूवा संगठन नेपाल पुर्वी र पश्चिम लुम्विनी व्यूरोको संयूक्त बैठकमा आज सम्वोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् ।
नेता सन्जिव सीले देश यतिबेला संकटमा परेकोले देशलाई मुक्त गर्न युवाहरुले एक पटक हाम्रा पुर्खालाई सम्झिनुपर्ने पनि बताए । उनले दिन प्रतिदिन वैदेशिक हस्तक्षेप बढिरहेको यो समयमा हातमा जे भेटिन्छ त्यही लिएर गाँउगाँउबाट एकढिक्का भई जाग्राम बस्न समेत आम देशभक्ति, क्रान्तिकारी यूवाहरुलाई अपिल गरे ।
कार्यक्रममा नेकपाका केन्द्रिय प्रतिनिधी सदस्य तथा यूवा संगठन नेपाल राष्ट्रिय सम्मेलन आयोजक समिति कार्यालय सदस्य विश्लेषण सी, नेकपा केन्द्रिय प्रतिनिधी समिति सदस्य तथा पुर्वी कपिलवस्तुका सेक्रेटरी दिपक सी लगाएतले प्रशिक्षण मुलक मन्तव्य व्यक्त गरेका थिए । संगठनको केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज बिरवल सीले केन्द्रिय सर्कुलर वाचनबाट सुरु भएको संयूक्त बैठकको अध्यक्षता संगठनको केन्द्रिय सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सागर सी र संगठनको केन्द्रिय तथा पुर्वी लुम्विनी व्यूरो इन्चार्ज भक्त सीको सन्चालनमा सम्पन्न भएको थियो ।