२५ पुष २०८१, बिहीबार

जनसङ्घर्षद्वारा एमसीसीकाे लिखत बदर गर्नुपर्छ : अनिल सी

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले राष्ट्रघात र जनविरोध हुँदाहुँदै षड्यन्त्रपूर्ण ढंगले पारित गरिएको एमसीसीकाे लिखत जनसङ्घर्षकाे बलमा बदर गर्नुपर्ने बताएका छन् ।
असाेज ११ गते बागलुङ जिल्लाको बागलुङ बजारमा एमसीसी परियाेजना र राष्ट्रिय स्वाधीनताकाे प्रश्न’ विषयक अन्तरक्रियात्मक गाेष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उनलेे साे कुरा बताएका हुन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) नेता गाेविन्द पाैडेल, बुद्धिजीवी बाबुलाल शाक्य र शैलेन्द्र श्रेष्ठ, अधिवक्ता काजी गाउँले, क्रान्तिकारी कम्युनिस्ट नेपालका दलसिंह खत्री, नेपाल समाजवादी पार्टीका चित्रप्रसाद सापकोटा, राजमाेका तिलक थापा, नेकपा (एस) लालबहादुर थापा, जिल्ला समन्वय समितिका अमरबहादुर थापाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।


सबै वक्ताले साझा सङ्घर्षका कार्यक्रम ल्याउनुपर्ने बताएका थिए । कार्यक्रमको अध्यक्षता नेकपा केन्द्रीय सदस्य तथा धाैलागिरी ब्युरो इन्चार्ज विकिरण सीले गरेका थिए । स्वागत र सञ्चालन क्रमशः प्रसिद्ध र क्रान्तिले गरेका थिए ।

कार्यक्रममा सिताराम थापा, चन्द्र बहादुर क्षेत्री लगायतले नेताहरूसँग प्रश्नाेत्तर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।