९ मंसिर २०८१, आईतवार

पैसा रोपेर पैसा नै फलाउने व्यवस्था हो, दलाल पुँजीवाद

0

                   युवराज संग्रौला

 

आचरण, व्यवहार र चिन्तनमा कम्युनिस्ट पार्टीमा सामन्तवाद छ । त्यसले नै खाएको छ (ठूला नेता मञ्चमा विशेष व्यवस्था र अरू तल विभेदप्रति सङ्केत– सं.) । एमसीसी परियोजनाको सुझाव आयोगको संयोजक झलनाथ खनाल यहाँ उपस्थित हुनुहुन्छ । उहाँले धेरै कुरा भन्नु होला ।
समुदाय (Religion) र धर्म एउटै होइन । नेपालमा ६ वटा संस्कृतिहरू छन् । म पाँचथरमा ब्राह्मण परिवारमा जन्मे पनि किराँत सभ्यतामा हुर्कें । पृथ्वीनारायण शाह ठकुरी परिवारमा जन्मे पनि मगर सभ्यतामा हुर्के । सिंजा सभ्यतामा हुर्केका कतिपय खसहरू अझैसम्म सिन्जाली थर लेख्दैछन् । नेपाल मिथिला संस्कृतिले निर्माण गरेको देश हो । मिथिला भारतको सभ्यता होइन । हामीले कम्युनिस्ट पार्टीलाई सभ्यताबाट जात (cast) मा झा¥यौं । सभ्यता छोडे, जातमा झरे । उपनिवेश फौज पठाएर कायम गरिन्थ्यो । त्यो नचल्ने भएपछि १९४५ पछाडि फुटाएर शासन गर्न जातको विष–वृक्ष पश्चिमाहरूले रोप्नथाले । पृथ्वीनारायण शाह र कालु पाण्डेलाई लडाउन थालियो । वैचारिक क्षयीकरण (Mental Distortion on) भयो । त्यसैले म वामपन्थको विरुद्ध लड्ने कि अमेरिकाको विरुद्ध लड्ने भन्ने दोधारमा छु । फिलिपिन्स, दक्षिण कोरिया, मलेसियाजस्ता अमेरिकी सेना रहेका देशहरूले चीनसँग निकट सम्बन्ध राखेका छन् । तर हामी चीनसँग दूरी बढाइरहेका छौं । समाजवादी दृष्टिकोण नभएको कारण एमसीसीमा समस्या नदेखेको हो ।
समाजवादी व्यवस्था हो नभने पनि संविधानमा त्यता जाने लेख्यौं । शेयर बजारमा लगानी गर्छ । विदेश जान्छ, पैसा ल्याउँछ । मजदुर सक्छ । उत्पादन सक्छ । पैसा रोपेर पैसा नै उत्पादन गर्छ । पैसा रोप्ने, पैसा नै फलाउने व्यवस्था दलाल व्यवस्था हो । १६ अर्ब लगानी गैससले गर्छ । त्यसैमा गर्व गर्छ । अमेरिकाले भरिदिएको दिमागले बोल्छन् । निजीवाद र उदारवादको प्रवद्र्धन गर्ने भनेपछि एमसीसी नेपालको संविधानको विरुद्ध भएन ? समाजवादी मोर्चा बनाउने, समाजवादकै विरुद्ध काम गर्ने भएको छ । एमसीसी परियोजना ल्याउने नेताहरू बोकेर हिंडेर समाजवाद आउँदैन ।
नेपाल सरकारलाई विस्वास नगर्ने एमसीसी, लगानी बोर्ड आदि समानान्तर सत्ता बनाएर समाधान हुँदैन । बिआरआई, अग्निपथ सबैले विकासे परियोजनाको लागि संसदको सिफारिस मागे भने, उस्तै शर्तहरू राखे भने के गर्नुहुन्छ ?
नेपालमा गरिबी १६ प्रतिशत घट्यो भनिएको छ । यो झूठ हो । जनतालाई उद्योगमा जान नदिन विजुली भारतलाई बेचिएको छ । नेपालले जति मूल्यमा बेच्छ, भारतबाट दोब्बर महङ्गोमा खरिद गरिएको छ । देश जोगाउन विज्ञान चाहिन्छ । कुलमानलाई जनताले किन पुजा गर्छन् थाहा छैन । विद्युत बेच्ने हो कि औद्योगिकीकरणमा लगानी गर्ने हो ?
नेपाली जनताको चाहनाको विरुद्ध जाने हो भने अमेरिका ५ वर्षपछि अफगानिस्तानमा जसरी लज्जित भएर जानुपर्छ । हिंसा होइन, तर्कको लडाइँ गर्नुस् । नेपालमा त राजनीतिज्ञले विरामीको शल्यक्रिया पनि गर्लान् जस्तो छ । राजनीतिज्ञले नीति बनाउने हो । प्राविधिक काम, विकासको काम सम्बन्धित विषयका विज्ञले गर्नुपर्छ । पोखरा हवाई अड्डामा ५० प्रतिशत अनुदान चीनको छ । ५० प्रतिशत ऋण पनि २० वर्षपछि तिर्ने हो । अनावश्यक प्रचार युद्ध गरेर भ्रम पार्न खोजिएकोछ । चीनका विदेश मन्त्री वाङ यीले अब हामी विश्वको सुरक्षा गर्छौं भनेका छन् । अमेरिकाको एमसीसी पारित गर्नेहरूलाई साढे–सातको दशा लाग्नेछ (हाँसो) । हाम्रो कराउने काम हो प्रेम जीले भन्नुभयो । हाम्रो त भन्ने काम हो । म शिक्षक हूँ । पढाउने मेरो काम हो । विद्यार्थीले सुन्दैनन् भने के पढाउने !

स्राेत: जनपत्रिका पाचौं अङ्कमा प्रकाशित 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।