२७ पुष २०८१, शनिबार

एमसीसी टेबुल गर्नुप¥यो भने आत्महत्या गर्छु भन्नेहरू नै पारित गर्न उभिए

0

           धर्मेन्द्र बास्तोला ‘कञ्चन’

 

तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी परियोजना निर्णयार्थ पेश गर्नुप¥यो भने आत्महत्या गर्छु भनेका थिए । उनैले एमसीसी टेबुल गरेर पारित गराए । तर उनले आजसम्म आत्महत्या गरेको सुनिएको छैन । संसदमा मतदान गरेर पारित गरिएको पनि होइन । मत विभाजित गरेको भए एमसीसी सदनबाट पारित हुने थिएन । त्यसैले होहल्ला (ध्वनी मत) गरेर पारित गरेको घोषणा गरियो । काङ्ग्रेस, एमाले, माओवादी, हामी कोही पनि एमसीसीको पक्षमा थिएनौं । काङ्ग्रेस, एमाले र प्रचण्डभित्रका मुठ्ठीभर दलालहरूले एमसीसी पारित भएको भनेका छन् । त्यसैले संविधान नै खारेज गर्नुपर्छ । किनकि अमेरिका र युरोपीयन युनियनले बनाएको संविधान जनताको पक्षमा हुन सक्दैन ।
जनयुद्धले कम्युनिस्ट आन्दोलनलाई पुनर्जिवित ग¥यो । आज ६८ प्रतिशत कम्युनिस्ट जनमत जनयुद्धले निर्माण गरेको हो । अन्यथा उहिले नै सकिन्थ्यो । एमसीसी परियोजना मार्फत कम्युनिस्ट समाप्त गर्ने र त्यसपछि देश पराधीन गराउने षड्यन्त्र भइरहेको छ । त्यसो भएको हुनाले प्लोस्टाइनीहरूले जसरी प्रतिरोध गर्ने कि युक्रेन जसरी खरानी हुने ? हाम्रो अगाडि प्रश्न उठेको छ । संसदले जनमतको प्रतिनिधित्व गर्न सक्दैन । २ प्रतिशत मत ल्याउने व्यक्तिले ९८ प्रतिशत जनतामाथि शासन गर्छन् । यस्तो व्यवस्था लोकतन्त्र हुन सक्दैन ।
संसदीय व्यवस्थालाई संस्थागत गरेर समाजवाद आउँदैन । यो व्यवस्थाले एमसीसी खारेज गर्न सक्दैन । बेलायतमा संसदीय व्यवस्था आएको ९सय वर्ष भयो । नेपाली जनता ९सय वर्ष पर्खिन सक्दैन । तसर्थ वैज्ञानिक समाजवाद ल्याउन र देशको स्वतन्त्रता कायम गर्न समाजवाद अपरिहार्य भएको छ ।

स्राेत: जनपत्रिका पाचौं अङ्कमा प्रकाशित 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।