२६ पुष २०८१, शुक्रबार

नेकपा देउखुरीको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

0

देउखुरी: नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्विनी व्यूरो अन्तरगत देउखुरी जिल्लाको जिल्ला स्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । शुक्रबार राप्ती गाँउपालिकास्थित पहरुवामा जिल्ला स्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
पश्चिम लुम्विनी व्यूरो अन्तरगत ३ नं.जिल्ला देउखुरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका पोलिट व्यूरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सन्जिव सीले एमसीसी सम्झौताले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई यूक्रेनको अवस्थामा पु¥याउने अमेरिकी षडयन्त्र रहेको भन्दै राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध सिंगो देश जाग्नुपर्ने अपरिहार्य आवश्कता रहेको बताए ।

गाँउगाँउमा झरी च्याउ सरी उम्रिएका ठग लघुवित्त वित्तिय संस्था र मिटरब्याजीहरुलाई गल्लीगल्लीबाट ढ्यांग्रो ठटाई लखेट्न पनि कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपाका नेता सन्जिव सीले प्रशिक्षणात्मक मन्तव्य दिदै एमसीसी सम्झौताको दफा ५.१(ख) (३) मा वर्तमान अमेरिकी कानुन र भविष्यमा बन्ने कानुन नेपालले मान्नुपर्ने, दफा ३.१ (च) मा आयोजना नेपालमा सन्चालन हुने र २६ प्रतिशत लगानी नेपालको रहने तर आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पतीमा एमसिसिको मात्र हक रहने, दफा ६.८ अनुसार परियोजनामा काम गर्न आउने विदेशीलाई नेपालको कुनैपनि कानुन नलाग्ने, सम्झौतासंग नेपालको राष्ट्रिय कानुन बाझिएमा एमसिसिको कानुन मान्य हुने लगाएतका वँुदाहरु राष्ट्रघाती बुँदा रहेकाले सडकबाटै एमसीसी सम्झौता खारेज गर्न पार्टी कार्यकर्ता र आम सर्वसाधारण जनतालाई अपिल गरे । त्यस्तै नागरिकलाई घरवारविहिन बनाई उठिबास र आत्मदाह गर्न बाध्य पार्ने अपराधी मिटरब्याजी र लघुवित्तका नाइकेहरुलाई जनगुनासोको आधारमा सामाजिक रुपमै जनकार्वाही गर्न पनि नेता सन्जिव सीले निर्देशन दिए ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा देउखुरी जिल्ला इन्चार्ज विक्रम सी र केन्द्रिय प्रतिनिधि समिति सदस्य भिम सीले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला सेक्रेटरी अल्फा सीको अध्यक्षता, जिल्ला सचिवालय सदस्य मुक्ति सीको स्वागत मन्तव्यसँगै जिल्ला सचिवालय सदस्य यज्ञ सीको सन्चालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।