२६ पुष २०८१, शुक्रबार

अखिल (क्रान्तिकारी) मकवानपुरले स्थानीय निकाय र प्याब्सनलाई ९ बुँदे मागसहितको पत्र बुझायो

0

मकवानपुर: नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरले शुक्रबार हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा र प्याब्सनका जिल्ला अध्यक्ष विनोद सुवेदीलाई ९ बुँदे मागसहितको पत्र बुझाएको छ । पत्र संगठनका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीको नेतृत्वमा बुझाएको हो ।

अध्यक्ष सुर्य सीको हस्ताक्षरित पत्रमा अखिल (क्रान्तिकारी) निरन्तर नेपालको शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्दै वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको अभियानमा संघर्षरत भएको उल्लेख गरिएको छ । साथै क्रान्तिकारीले उक्त पत्रमार्फत नागरिकको नैसर्गिक अधिकार र राज्यको दायित्वभित्र पर्ने शिक्षा जस्तो संवेदनशील विषयमा चरम निजीकरण, व्यापारीकरण र माफियाकरण भइरहेको भन्दै नगर प्रमुख र प्याब्सन मकवानपुरलाई ध्यानाकर्षण गराएको छ ।

निजि शैक्षिक क्षेत्रमा देखिएका तमाम विकृति, विसंगति र समस्याहरूको समाधानका लागि उक्त मागपत्र पेश गरेको अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सूर्य सीले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।