४ आश्विन २०८१, शुक्रबार

एमसीसी कार्यान्वयन भए नेपाल आधुनिक दास बन्नेछ : भरत सी

0

बाँके: नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले यदि एमसीसी कार्यान्वयन भए नेपाल आधुनिक दास बन्ने ठोकुवा गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली व्यूरोले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको “वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद” भन्ने शिर्षकको अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै यस्तो ठोकुवा गरेका हुन् ।
उनले साम्राज्यवादको हस्तक्षेपकारी एमसीसीले नेपालको लोकतान्त्रिक गणतन्त्र समेत धरापमा परेको जिकिर गरे ।
नेता भरत सीले प्रचण्डको चीन भ्रमणमा विआरआई कार्यान्वयनको सम्झौता नहुनु र नेपाली सेनाका प्रमुख इन्डोप्यासिफिक रणनीतिको सैन्य बैठकमा सहभागी हुनुले नेपाल आधुनिक दास भएको थप पुष्टि गरे ।
उनले नेपाल असंग्लन परराष्ट्र नीति उल्लंघन गर्दै युक्रेनको पक्षमा उचिनु साम्राज्यवादलाई खुसी पार्नु बाहेक अरु केही नभएको तर्क गरे ।
नेता भरत सीले देशभरका युवा युवतीहरुको विदेश पलायन डरलाग्दो अवस्था भएको, भ्रष्टाचार कमिशन नरोकिएको र जनता समेत यो व्यवस्थाबाट असन्तुष्ट भएकाले दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको बताए ।
नेपालमा समाजवादको विकल्प नभएको उल्लेख गर्दै नेता भरतले समाजवादले मात्र अहिलेको बेथिति रोक्न सक्ने र देशलाई स्वाधीन बनाउन सक्ने दाबी गरे । उनले भने “एमसीसीबाट अमेरिका आएको छ, यसलाई कोही सहन सक्दैन । नेपाल इतिहास कै गुलाम भयो । १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिकाले मानेन ।”


कार्यक्रममा प्रा.डा. जर्नाधन शर्मा,महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणी आर्चाय, राजनैतिक विश्लेषक केबल गिरी, वसन्त लामिछाने, माओवादी केन्द्रका रतन बहादुर शाही, जनता समाजवादीका नेता डा.राजेन्द्र गुप्ता लगायतका वक्ताहरुले बाेलेका थिए ।
नेकपाका दक्षिण कर्णाली व्यूरो इन्चार्ज संगम सीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको संचालन नेकपा केन्दीय सदस्य रणदिप सीले गरेका थिए ।
कार्यक्रममा नेपालगञ्जका वौद्धिक,प्राज्ञिक,राजनैतिक दलका नेता कार्यकर्ता लगायतको उल्लेखिए सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।