५ जेष्ठ २०८१, शनिबार

नेपालको लागि विप्लव जस्तो नेताको खाँचो छ : उपकुलपति नन्दबहादुर सिंह

0

सर्खेत: मध्यपश्चिम विश्वविद्यालयका उकुलपति नन्दबहादुर सिंहले नेपालको लागि विप्लव जस्तो नेताको खाँचो भएको ठोकुवा गरेका छन् ।
विश्वविद्यालयले आइतबार विश्वविद्यालय परिसरमा आयोजना गरेको विद्यार्थीसँग विप्लव कार्यक्रमलाई सम्वोधन गर्दै उपकुलपति सिंहहले नेपाललाई परिवर्तनका लागि विप्लवको खाँचो भएको ठोकुवा गरेका हुन् ।
उपकुलपति सिंहले बोल्ने नेता भन्दा व्यवहारमा काम गरेर देखाउने नेताको आवश्यकता भएको औल्याउदै विप्लवले बोल्ने मात्र होइन व्यवहारमै सयौँ विगाह जग्गामा उत्पादनको काम गरेर देखाएको बताए ।
उनले देश बचाउने, भ्रष्टाचार रोक्ने, राष्ट्रिय पुँजी बढाउने र कृषि क्रान्ति गर्ने नेताको आवश्यकता भएको बताउँदै नेपालको लागि विप्लव एकमात्र विकल्प भएको दाबी गरे ।
उकुलपति सिंहले विश्वविद्यालयमा राम्रो काम गर्न खोज्दा ११० मुद्दा परेको गुनासो समेत गरे । उनले विश्वविद्यालयमा राजनैतिक दबाब बढेको खुलासा गर्दै भने, “हामी लोकल हौँ । फलानो पार्टीका हौँ भन्छन् । झोले टिचर लगाएर तालाबन्दी गर्छन् ।”
उपकुलपति सिंहले आफु कोही कसैको दबाबमा नपर्ने र राम्रो काम गर्ने विश्वास दिलाउँदै विश्वविद्यालयलाई गाईगोठ बनाउन नदिने अठोट व्यक्त गरे । उनले भने, “विश्वविद्यालयलाई गाईगोठ बनाउन खोज्नेहरुलाई एक हुन दिन्न, दुई हुन दिन्न, तीन हुन दिन्न ।”
उपकुलपति सिंहले नेपालमा प्लस टु पढ्ने र ब्याजलर पढ्ने विद्यार्थीहरु विदेश पढ्न जाने कुराले एकातिर नेपालको पुँजी पलायन भएको र अर्कोतिर नेपालका विश्वविद्यालयहरु खाली भएकाले यस्तो कार्य राज्यले रोक्नु पर्ने माग गरे ।
उनलेे नेकपा महासचिव विप्लवलाई निमन्त्रणा स्वीकार गरी कार्यक्रममा सहभागी भएकोमा धन्यवाद दिदै अन्तमा विश्वविद्यालयको तर्फबाट मायाको चिनो समेत प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।