२५ पुष २०८१, बिहीबार

महंगी, कालोबजारी, अखाद्य वस्तुको बिक्रीवितरण राेक्न युवा र महिला संगठनले बुझाए ज्ञापनपत्र

0

युवा संगठन नेपाल प्यूठान र अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति प्यूठानले आज जिल्ला प्रशासन कार्यालय खलंगामा महंगी, कालोबजारी, अखाद्य वस्तुको बिक्रीवितरण तथा कृतिम अभावको विरुद्ध संयूक्त रुपमा ज्ञापनपत्र पेस गरेको छ । यूवा संगठन नेपाल प्यूठानको संयोजक मुक्ति सी र अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति प्यूठानको संयोजक तिर्सना सीद्वारा हस्ताक्षरित ५ बुँदे ज्ञापनपत्र आज प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाइएको हो ।
ज्ञापन पत्रमा पछिल्लो समय मौलाउदैँ गएको महंगी, कालोबजारी, अखाद्य वस्तुको बिक्रीवितरण तथा कृतिम अभावले चरमसिमा नाघ्दै गएको छ । खाद्यान्य वस्तु लुकाई कृतिम अभाव सिर्जना गर्नु , सरकारद्धारा निर्धारण गरेको मुनाफा २० प्रतिशत भन्दा कैयां गुणा बढी मुनाफा लिनु तथा म्याद सकिएका अखाद्य बस्तुहरुको विक्रि वितरण गर्ने कार्य भैरहेकोले चाडपर्वको समयमा हुने यस्ता व्यथितिहरु नियन्त्रण र कार्वाहि गरी जनतालाई सहज वातावरण सिर्जना गर्न ध्यानाकर्षण गरिएको उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चाडपर्वको समयमा हुने यस्ता व्यथिति नियन्त्रण गर्न जिल्लामा प्रभावकारी अनुगमन गरी नियमन गर्ने विषयमा बताएका छन् । ज्ञापनपत्रमा उल्लेख भएका विषयहरु अत्यन्तै महत्वपुर्ण र जनताको जिवनसंग सम्वन्धित विषय रहेकोले आफ्नो ध्यानाकर्षण भएको बताए । आफ्नो क्षमताले भ्याएसम्म यस्ता व्यथितिहरु नियत्रण गर्न पहल गर्ने पनि उनको प्रतिबद्धता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।