११ कार्तिक २०८१, आईतवार

क्रान्ति भनेकै समाजका अन्तरविरोधहरुको सामाधान गर्न सक्नु हो : आस्था सी

0

नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य आस्था सीले समाजवादी क्रान्तिले सामाजिक अन्तरविरोधहरुकाे सामाधान गर्न सक्नु पर्ने बताएका छन् । सोमबार नेकपा भक्तपुरको आयोजनामा गरिएको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता आस्थाले सो कुरा बताएका हुन् ।

श्रमिक वर्गको हकहितका लागि गरिने राजनीति भनेकै कम्युनिस्ट राजनीति भएको उल्लेख गर्दै उनले कम्युनिस्टकाे नाम बोकेर, लोगों बोकेर मात्रै सच्चा कम्युनिस्ट हुन नसक्ने बताए । त्यसकारण  सम्पूर्ण श्रमिक वर्गको नेतृत्व कोले गर्दैछ भन्ने कुरा अब जनताले बुझ्न जरूरी भएको उल्लेख गरे ।

विश्व राजनीतिकाे बारेमा आफ्नाे धारणा राख्दै उनलेे भने,’अहिले विश्वमा पुँजीवाद र माक्र्सवादको लडाइँ चलिरहेको छ, समाजवादलाई विलय गर्न अमेरिकी साम्राज्यवाद अनेक रंगहरु फेर्दै विभिन्न देशहरूमा घुसिराखेको छ । हाम्रो देशमा कानुन भन्दापनि माथि रहेर MCC परियोजना लागु हुनेगरी भित्रिरहेको छ । MCC कार्यान्वयन भए देशको राष्ट्रियता नै खतरामा पर्नेछ ।’ उनले थपे याे कुनै विकास नभएर विनासको लहर हो, जसले चाइनासङ्ग युद्ध गर्न नेपाललाई युद्ध रणभूमि बनाउन चाहन्छ ।’

अमेरिकाकै तथ्य अनुरुप एमसीसी सैन्य रणनीति अन्तरगतको योजना भएकाले खारेजीको विकल्प नभएको बताए ।  जसलाई रोक्न नेपाल कम्युनिष्ट पार्टीले विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेको जनाए ।

समाजवादी मोर्चाबारे आस्थाले देशमा आन्तरिक र बाह्य राजनीतिक समस्याहरू रोक्न समाजवादी मोर्चा अहिलेको आवश्यकता भएको बताए ।
उनले भने,’क्रान्तिकारी मोर्चा फराकिलो बनाउन समाजवादी मोर्चा बनेको हो, जसकारण वास्तविक क्रान्तिकारीहरु यो मोर्चाबाट जागृत र हौसिएका छन् । तपाई हामीले यसमा आपत्ति मान्नु पर्ने र संका गर्नुपर्ने कुनै कुरा छैन यो मोर्चाले समाजवादी समस्याहरूलाई समाधान खोज्न मद्दत गर्नेछ ।’

भक्तपुर जिल्ला सेक्रेटरी रत्न सीको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा पोलिट व्युरो सदस्य आस्था, अतिथिमा भक्तपुर जिल्ला इन्चार्ज अखिल सीको रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।