११ कार्तिक २०८१, आईतवार

प्रारम्भमा नै उदाङ्गियो एमसीसी

0

काठमाडौँ: एमसीसी परियोजनामा काम प्रारम्भ नहुँदै चौतर्फी विवादमा तानिएको छ । हालै निमार्ण कम्पनीहरुले बजेट अनुमान भन्दा ६६ प्रतिशत बढी माग दाबी गर्दै निवेदन हालेका छन् ।
अर्थमन्त्री प्रकाश शरण महतले ठेकेदारहरुबीचमा मिलिमताे (फिक्सिङ्ग) भएको हुन सक्ने आसंका गरेका छन् ।
तीनजना सबै ठेकेदार कम्पनीहरु भारतीय हुनुले थप आसंका उब्जिएको छ । ठेकेदार कम्पनीले भने मुल्यबृद्धि एमसीसीको कडा प्रावधान (डिजाईन एण्ड विल्ड मोडेल) जिम्मेवार भएको दाबी गरेका छन् ।
रेन्ज विधिमा नगरेर अङ्क विधिमा बोलपत्र आव्हान गरेकाले समस्या भएको उनीहरुको दाबी छ ।
एमसीएले यसको कारण सरकारलाई दिएको छैन र सञ्चारमाध्यमलाई सूचना दिन पनि मानेको छैन ।
अब ठेकेदारले मागे जति रकम वा अपुग रकम सरकारले थप्नुपर्छ त्यसो नभए ठेक्का बाेलपत्र रद्ध गर्नु पर्छ ।

सरकारले थप रकम नदिने बताइसकेको छ भने ठेक्का रद्ध गर्न पुनः बोलपत्र आव्हान गर्नुपर्छ । तर ठेक्का रद्ध गर्न एमसीसीको पूर्व सहमति अनिर्वाय छ ।
एमसीए नेपालले निमार्ण कम्पनीहरुलाई मनाउने प्रयास गर्दैछ । तर यत्रो फरक स्वीकार्न नसकिने बताएका छन् ।
मान्ने भए भने बढी रकम किन दाबी गरेको र कसरी सम्भव? भन्ने आसंका उब्जने दाबी जानकारहरुको छ ।
यसैबिच बोलपत्र वातावरणीय मूल्याङ्कन प्रतिवेदन (IAE) मा विधुत प्राधिकरणसँग सम्पर्क नै नगरिएको भन्दै प्राधिकरणले असन्तुष्टि जनाएको छ । वस्तुगत यर्थाथ र पारदर्शिता विना अमेरिकी चाहाना हो । जसले गर्दा सुरुमै समस्या आएको जानकारहरुको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।