१२ कार्तिक २०८१, सोमबार

एमसीसी खारेज हुने दिशामा गयो : अनिल सी

0

पाेखरा: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले एमसीसी कार्यान्वयनमा जान सकेको छैन र पहिले बाेलपत्र नै लागू गर्न नसक्ने अवस्था आएकाले लागू गर्न कानुनी उल्झन पैदा भएको बताएका छन् ।
एमसीसी र नेपाल सरकार बिच भएकाे सम्झौता अनुसार सम्पन्न हुने समय र बजेट अपुग भैसकेको र वातावरणणिय मूल्यांकन प्रतिवेदन (IAE) नक्कली गरिएको समेत खुल्न आएको कारण सम्झौता अनुसार एमसीसी अघि नबढ्ने उनले दाबी गरे ।


साेमबार पाेखरामा भएको एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताकाे प्रश्न विषयक गाेष्ठिमा कार्यपत्र प्रस्तुत गर्दै उनले साे दाबी गरेका हुन् ।
उक्त कार्यक्रममा वामपन्थी विश्लेषक तथा लेखक रामराज रेग्मीले पेन्टागनकाे प्रत्यक्ष नियन्त्रणमा लगानी गर्न एमसीसी गठन गरेको बताए ।
त्यसैगरी प्राध्यापक परशुराम काेइरालाले अमेरिका नेपालकाे विकास गर्ने नभएर प्राकृतिक श्राेत दाेहन गर्न र चीन घेर्न आएको बताए ।


कार्यक्रममा काङ्ग्रेसका विष्णु अधिकारी, विश्वहिन्दु महासंघका विष्णु तिवारी, नागरिक समाजकाे राम बहादुर पाैडेल, ब्राह्मण समाजकी विष्णु सुवेदी, रापमाेका शंकर बराल र जसपाका रुद्र गुरुङले आ-आफ्नो संस्थाकाे धारणा राखेका थिए । कार्यक्रम राजन सीकाे अध्यक्षतामा भएकाे प्राप्त समाचारमा जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।