१२ कार्तिक २०८१, सोमबार

महिला माथिको उत्पीडन हटाउन उत्पादनको नेतृत्व गर्नुपर्छ : भरत सी

0

सुर्खेत: नेपाल कम्युनिट पार्टीका स्थायी समिति सदस्य भरत सीले महिला माथिको उत्पीडनको अन्त्य गर्न महिलाहरुले उत्पादनको नेतृत्व गर्नु पर्ने बताएका छन् ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको उत्तर, मध्य र दक्षिण कर्णाली व्यूरोको संयुक्त बैठकलाई सोमबार वीरेन्द्रनगरमा सम्वोधन गर्दै स्थायी समिति सदस्य भरत सीले महिला उत्पीडन हटाउन उत्पादनको नेतृत्व गर्नु अनिवार्य भएको बताएका हुन् ।
उनले महिलाहरुले महिनावारीका विषयमा वैज्ञानिक ढंगले सोधपत्र तयार गरी समाजमा हने विकृति र विभेदका विरुद्ध जानुपर्ने बताए । नेता भरतले परम्परागत संस्कार तोड्नको लागि एनजीओ, आईएनजिओको गलत तथा भ्रामक प्रचारका पछि नलाग्न पनि आग्रह गरे ।
बैठकमा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्दु सीले वर्गीय मुक्ति विना महिला मुक्ति मात्र नहुने बताए । उनले महिलाहरुलाई नेतृत्व विकासमा सबैले प्राथमिकतामा राखेर ध्यान दिन सुझाव दिए । सिता सीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपाका मध्य कर्णाली व्यूरो इन्चार्ज विवेक र सुर्खेत जिल्ला इन्चार्ज ध्रुवको पनि सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।