१२ कार्तिक २०८१, सोमबार

उत्पादनमा जोड दिने निर्णय गर्दै कर्णाली मुक्ति मोर्चा नेपालको बैठक सम्पन्न

0

सुर्खेत: कर्णाली मुक्ति मोर्चा नेपालले कर्णालीका सबै जिल्लाहरुमा उत्पादनका कार्यहरु गर्ने निर्णय गरेको छ । कर्णाली मुक्ति मोर्चा नेपालको सोमबार वीरेन्द्रनगरमा सम्पन्न तेस्रो बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले कर्णाली मुक्ति मोर्चाको प्रदेशभरी सबै जिल्लाहरुमा संगठनको निर्माण गर्ने र आत्मनिर्भरताको लागि समुह दर्ता गरि सामुहिक उत्पादनका कार्यहरु गर्ने निर्णय गरेको छ ।
यस्तै मोर्चाले कर्णालीको अधिकार र समृद्धिका लागि सबैसँग सहकार्य तथा छलफल गर्ने निर्णय पनि गरेको छ ।
मोर्चाले कर्णालीको मुक्तिका लागि हुने सबैखालका आन्दोलनहरुलाई समर्थन गर्ने, सहयोग गर्ने र कर्णाली मुक्ति मोर्चाले समाजवादी मोर्चाको हुने कामकार्वाहीहरुलाई पनि सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रमुख अतिथिको रुपमा नेकपाका स्थायी समिति सदस्य भरत सीले सम्वोधन गर्दै कर्णालीको समस्या समाधानमा कर्णाली मुक्ति मोर्चा लाग्न निर्देशन दिए ।
उनले मोर्चाको सहि विचार र नीतिको तय गरी कर्णालीका जनताको मुक्तिको बाटो खोज्न आग्रह गरे ।
कर्णाली मुक्ति मोर्चा नेपालका संयोजक कर्ण सीले मोर्चाले निर्णय गरेका कामहरुमा सवैलाई जुट्नु पर्ने बताए । उनले कर्णालीलाई अहिले पनि यो सरकारले उपेक्षा गरेको औल्याए ।
बैठकमा कर्णाली प्रदेशका सबै जिल्लाहरुका
सहभागिता रहेको थियो । बैठकमा नेकपा मध्य कर्णाली व्यूरोका इन्चार्ज विवेक सीको समेत सहभागिता रहेको थियो । बैठक मोर्चाका संयोजक कर्ण सीको अध्यक्षतामा बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।