१२ कार्तिक २०८१, सोमबार

कृतिम अभाव र कालो बजारी नियन्त्रण गर्न युवा संगठन नेपालको माग

0

बाँके: युवा संगठन नेपालले दशैँ तिहारको पूर्वसन्ध्यामा कृतिम अभाव सृजना गरी कालोबजारी गर्नेमाथि कडा कार्वाही गर्न माग गरेको छ ।
संगठनले केन्द्रीय कार्यक्रम अनुसार पश्चिम नेपालका बाँके, कैलाली, अछाम, कञ्चनपुर, डडेल्धुरा, बझाङ, बैतडी, जाजरकोट लगायतका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै बजारमा कृतिम अभाव सृजना गरी महंगी र कालोबजारी गर्ने माथि कडा कार्वाही गर्न माग गरेको हो ।


संगठनले म्याद नाघेका गुणस्तरहीन बस्नु बेच्न बन्द गर्नु पर्ने, भ्रष्टाचार, कमिशन, सरकारी सम्पत्तिको दोहन बन्द गर्नुपर्ने, चोरी पैठारी, लागु औषधको कारोवार र सामाजिक अपराधका घटनाहरु नियन्त्रण गर्नुपर्ने माग गरेको छ ।
युवा संगठन नेपालले युवाहरुलाई विदेश जान बाध्य हुने खालका गतिविधि रोक्न र रोजगारीमुलक कामहरुमा लगाउन राज्यसँग माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।