११ कार्तिक २०८१, आईतवार

एमसीसी भित्र युरेनियम स्वार्थ छ : परभुराम कोइराला, प्राध्यापक लेखक

0

अवधारणापत्र संरचनागत दृष्टिले कार्यपत्रकै रुपमा आएको छ । त्यसैले कार्यपत्र नै भन्दा पनि हुन्छ । सत्ता स्वार्थका कारण जनताको विरोध हुदाँहुँदै एमसीसी पारित गरियो । पारित गरेको नाटक गरियो ।कार्यपत्र खँदिलो छ र एमसीसी भित्र लुकेका रहस्यहरु प्रकट गरिएको छ । त्यसको लागि कार्यपत्र प्रस्तुतकर्तालाई धन्यवाद दिदै आभार प्रकट गर्दछु । अमेरिकाको स्वार्थ पूरा गर्न र चीन घेर्न एमसीसी नेपालमा आएको हो । धनकुटामा अमेरिकाले बाटो बनायो तर त्यहाँको बहुमल्य पत्थर कब्जा गर्न बाटो बनाएको रहेछ । मुस्ताङ र चुरेमा रहेको युरेनियम कब्जा र आफ्नो प्रतिस्पर्धी चीन घेर्न एमसीसी लिएर अमेरिका आयो । यी विषय कार्यपत्रमा छन् । कार्यपत्र सुन्दर छ । कार्यपत्र अध्ययन गरेपछि पृथक तरङ्ग पैदा हुन्छ । मनमा हुटहुटी पैदा हुन्छ । एमसीसी देशभक्त पुर्खाहरु प्रतिको अपमान हो । नेपाल –चीन अमेरिका लडाईको केन्द्र बन्न सक्छ । डरलाग्दो स्थिति दृष्टि– क्षितिजमा देख्न सकिन्छ । त्यसकारण जनमत बनाउने दायित्व हाम्रो हो । खतरा के छ ? सम्भावित परिणाम र खारेज गर्ने बाटो पनि कार्यपत्रमा उल्ले छ । सिआईए र रअ माथि भरपर्नेहरुबाट होइन जनतामाथि भरपर्ने पार्टीबाट मात्र देशको रक्षा सम्भव छ । एमसीसीलाई अमेरिकी शक्ति विस्तारको तेस्रो आयमको रुपमा बुझ्नुपर्छ । संसदले पनि निशर्त पारित गरेको छैन । कार्यपत्रले समाधान के ? भन्ने विषय पनि उठाएको छ । तर रुपान्तरणको विषय थप्नुपर्छ । अन्यथाह देशको अस्तित्व नरहन सक्छ । एमसीसीमा बीच–बीचमा विषयहरु थपिन थालेका छन । हाम्रो स्वाधीनता खण्डित गरिदैछ । आदरणीय विद्धान व्यक्तित्वको कार्यपत्रमा धारणा राख्न दिनु भएकोमा आभार व्यक्त गर्दछु ।
( कोइराला प्राध्यपक तथा  वरिष्ठ लेखक हुन् । २०८० असोज १५ गते पोखरा उद्योग वाणिज्य महासंघको अमृत सभाकक्षमा नेकपाद्वारा आयोजित तथा अनिल विरहीद्वारा प्रस्तुत कार्यपत्रमा टिप्पणीको क्रममा व्यक्त विचारको सम्पादीत अंश )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।