११ कार्तिक २०८१, आईतवार

गार्गी मार्गमा MCC काे विषयमा सर्वपक्षीय विमर्श हुँदै

0

नेपालकाे पुरानो औद्योगिक तथा व्यापारीक शहर भैरहवामा असाेज २० गते शनिबार ‘एमसीसी र राष्ट्रियता’ विषयमा अन्तरक्रियात्मक गाेष्ठि हुने भएको छ ।
नेकपाका स्थायी समिति सदस्य अनिल विरहीद्वारा ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताकाे प्रश्न’ विषयक कार्यपत्रमाथि विभिन्न पार्टीहरु र नागरिक अगुवाहरूले टिप्पणी गर्नेछन् । निर्माण व्यवसायी संघ, भैरहवाकाे सभा कक्षमा हुने कार्यक्रममा सहभागी र नेताहरू तथा वक्ताहरुबिच प्रश्नाेतर (अन्तरक्रिया) समेत हुने जानकारी जिल्ला इन्चार्ज तथा आयाेजक सदस्य विश्वास सीले दिएका छन् । आयोजकले सबैकाे सहभागिताकाे लागि अनुराेध गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।