११ कार्तिक २०८१, आईतवार

सत्य र ज्ञान सधैँ अधूरो रहन्छ – रामराज रेग्मी

0

११ वटा उपशिर्षक र ७ पृष्ठ लामो कार्यपत्र प्रस्तुत भएको छ । विद्धावान कार्यपत्र प्रस्तोताले कार्यपत्रलाई पुष्टि गर्ने सामग्रीहरु परिशिष्टमा राख्नु भएको छ । सन्दर्भ सामग्रीको सूची समेत समावेश छ । त्यसैले खोट लगाउनु पर्ने छैन । यो कार्यपत्र राष्ट्रियताको महत्वपूर्ण सामग्री हो । यद्यपि सत्य र ज्ञान सधैँ अधूरो नै रहन्छ । एकातिरबाट सत्य लाग्ने दृश्य अर्कोतिरबाट हेर्दा फरक देखिन सक्छ । म त्यो विषय पनि राख्छु ।
विस २००७ सालदेखि नेपाललाई नियन्त्रणमा राख्न भारत पैसा बोकेर आयो । अमेरिका पनि आयो । हामी परनिर्भर हुँदै गयौं । दाता नभई चल्नै नसक्ने भयौँ । दुध समेत भारतबाट आउँछ । विप्रेषण उतै फर्किन्छ । यूएसए आईडीमार्फत काम गर्दा सहयोग भयो, नियन्त्रण भएन भनेर एमसीसी आएको हो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सिधैँ परिचालन गर्ने गरेर एमसीसी आयो । हिन्द –प्रशान्त क्षेत्रमा अमेरिकी सबलताको लागि आएको हो । औपचारिक प्रावधान र यथार्थमा एमसीसीको लगानी बीचको फरक पनि लेख्नुपर्छ ।
एमसीसी पारित हुनुमा केपी ओलीको भूमिका पनि उल्लेख गर्नुपर्छ । १२ बुँदे सोधपत्रको सन्दर्भ सामग्री हो । एमसीसीमा नवउदारवाद आएको होईन कि नवउदारवादको उत्कर्ष एमसीसी हो । २०३६/३७ सालको जनमत सङग्रहमा निर्दलको पक्षमा देशको ढुकुटी समाप्त गरियो । त्यो भार थेग्न नसकेर चुनाव पछि विश्व बैङ्कसँग ऋण माग्न प्रकाशचन्द्र लोहनी (प्रधानमन्त्री सूर्य बहादुर थापा र अर्थमन्त्री लोहनी थिए) गए । उसले उदारवाद मान्नुपर्ने शर्त राख्यो । त्यही बीचमा पञ्चायती व्यवस्था ढल्यो । काङ्ग्रेस नेतृत्वको सरकारले उदारीकरणलाई स्वीकार गर्यो । तर शक्ति देशसँग संरक्षण विना नेपालको उन्नती सम्भव थिएन ।
एमसीसी दुईतिहाई मतले पनि पारित गर्नु हुदैन । संसदले पारित गरेपपिछ कानुन सरह हुने भएका कारण संसदको सिफारिस खोजेको हो । यो पाँच बर्षपछि पनि फर्किन्न । विआरआई लत्याउने र एमसीसी ल्याउने भएको छ । भारत र अमेरिकाको स्वार्थमा आएको छ ।
(वरिष्ठ लेखक रेग्मीले २०८० असोज १५ गते पोखरामा भएको ‘एमसीसी र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक गोष्ठीमा व्यक्त गर्नु भएको विचारको सम्पादीत अंश )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।