८ पुष २०८१, सोमबार

सन्त डायोजिनिस र सिकन्दर

0

युनान (ग्रीस)को एउटा नदी किनारमा डायोजिनिस नामका एकजना सन्त बस्दथे । खाने–माग्ने कचौरा र शरीरमा एउटा टुक्रा लुगासमेत हुन्थेन । तर ऊ सधैं प्रफुल्ल हुन्थ्यो । एक दिन कसैले उनलाई एउटा सुन्दर कचौरा उपहार दियो । उनले त्यो फालिदिए ।
नदी किनारमा बस्दा एक दिन ती सन्तले नदीमा कुकुर पौडेर गइरहेको देखे । उनी पनि त्यसैगरी पौडन चाहन्थे । तर सन्तको हातमा कचौरा र शरीरमा लगौंटी थियो । सन्तले यी सामान नभएको भए म पनि कुकुर जसरी नै स्वतन्त्र भएर जीवनको आनन्द लिन सक्थें भन्ने ठाने । त्यसपछि सन्तले आफ्नो निजी सम्पत्तिको रूपमा रहेको लगौंटी र कचौरा फालेर नदीमा पौडिन थाले ।
सन्तको ग्रीसभरी चर्चा थियो । एक दिन सिकन्दर उनको खुशीको रहस्य बुझ्न आए । सिकन्दरको सवारी हुँदा रत्तिभर वास्ता नगरी नदी किनारमा नाङ्गै सुतिरहेका थिए । सिकन्दरले “तँ घिनलाग्दो जनावर सरह छस् । तेरो शरीरमा एक टुक्रा पनि लुगा छैन । के कारणले तँ यति धेरै आनन्दित छस् ?” सोधे । ती सन्तले उसतिर हेर्दै नहेरी “के तँ पनि म जसरी आनन्दित हुन चाहन्छस् ?” प्रश्न गरे । त्यो भनाइले सिकन्दरलाई उद्धेलित ग¥यो । “त्यसको लागि मैले के गर्नुपर्छ ?” सिकन्दरले सोधे । “आफ्नो बेकारको यो घोडाबाट ओर्ल । राजसी कपडा खोलेर फालिदेऊ । नदीको यो बगर हामी दुईका लागि पर्याप्त छ । सबै वस्तुमाथि मेरो मात्र अधिकार कहाँ हुन्छ र ! तँ पनि म सरह यहाँ मस्तले सुत्न सक्छस् । तँलाई कसले रोकेको छ र ?” सन्तको कुरा सुनेपछि सिकन्दर महान्ले “म पनि तिमीजस्तै आनन्दित–खुशी चाहन्छु । तर तिम्रोजस्तो काम गर्ने साहस मसँग छैन” भने । त्यसपछि “तिमीसँग म अर्को जन्ममा भेट्नेछु” भन्दै दलबलसहित सिकन्दर गए ।
सन्त सधैं नदी किनारमा शान्तसँग प्रफुल्ल मुद्रामा हुन्थे । जाडोयाम थियो । घाम तापेर सुतिरहेका थिए । एकजना महाजन आएर “तिमी के चाहन्छौ माग !” भने । सन्तले उनको कुरातिर वास्तै नगरी हातको इशाराले ‘घाम नछेक’ भनिदिए । महाजन चुपचाप फर्के । ती महाजन उनै सम्राट अलेक्जेण्डर महान् (३५६–३२३, विसिई) थिए । विसिई ४१२÷४०४–३२३का डायोजिनीस (म्ष्यनभलभक) “निजी सम्पत्ति जति कम भयो, अर्थात् मेरो र तेरो भन्ने भावना जति कम भयो, त्यति नै मान्छे सुखी हुन्छ” भन्थे । उनको त्यसप्रकारको चिन्तनको प्रभाव ग्रीसको बौद्धिक जगतमा प¥यो । अनेक चिन्तकहरू प्रकट भए । दार्शनिक प्लेटोले जग्गा, महिला र बच्चाबच्चीहरू राज्य मातहत हुनुपर्छ र निजी सम्पत्ति र परिवार नभएका बुद्धिजीवीले देश चलाउनु पर्छ भन्ने धारणा प्रस्तुत गरे । जसले दार्शनिक क्षेत्रमा हलचल ल्यायो । त्यसको धेरै समयपछि काल्पनिक समाजवादीहरू आए । चाटिष्ट आन्दोलन भयो । फायरबाख, हेगेल र चाल्र्स डार्विनसमेतको परिपक्व भौतिक वातावरणमा माक्र्सवादको जन्म भयो ।

स्राेत: जनपत्रिका पाचौं अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।