माेरङकाे पुरानो सदरमुकाम रङ्गेलीमा २५ असाेज (बिहीबार) समाजवादी माेर्चा नेपालकाे जिल्ला स्तरिय सन्देश सभा हुने भएको छ । चिम्नीराम-भगवतराम धर्मशालाकाे सभाकक्षमा हुने सन्देशसभामा जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा (माके) बाट चन्द्र प्रकाश खनाल, नेकपाका स्थायी समिति सदस्य अनिल विरही लगायतले सम्बाेधन गर्नेछन् ।
नेकपाका केन्द्रीय सदस्य तथा माेरङ जिल्ला इन्चार्ज सङ्गीत सीले सन्देश सभाकाे सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्