३० बैशाख २०८१, आईतवार

गुल्मीमा एकीकृत समाजवादीका जिल्ला नेता नेकपा प्रवेश

0

गुल्मी: गुल्मीमा नेकपा (एकीकृत समाजवादी) का जिल्ला सदस्य ददिराम खनाल विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।
धुर्कोटको नयाँगाउँमा आयोजित एक कार्यक्रममा खनाल प्रवेश गरेका हुन् । उनीसँग विभिन्न पार्टीबाट ११ नेकपामा प्रवेश गरेका हुन् ।
खनालले २०३६ सालदेखि नेकपा मसाल निकट अखिल (छैठौं) बाट राजनीति सुरू गरेका थिए । लामो समय नेकपा मसालको जिल्ला सदस्य हुँदै विभिन्न जिम्मेवारीमा रहेर काम गरेका खनाल पछिल्लो समय एकीकृत समाजवादी गुल्मीको जिल्ला सदस्यमा क्रियाशील थिए ।
खनाललाई नेकपा जिल्ला इन्चार्ज खोमा सी, जिल्ला सेक्रेटरी बसन्त सी लगायतले अविर लगाएर पार्टी प्रवेश गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।