१६ बैशाख २०८१, आईतवार

इन्जिनियरहरु पनि सङ्घर्षतिर

0

काठमाडौं: इन्जिनियरहरुले एमसीसी र भाैतिक निर्माणकाे सही सूचना प्रवाह गरेर देश र जनताको पक्षमा काम गर्नुपर्ने कुरामा नेकपाका स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज उमा सी शिलुले बताएकी छन् ।


शनिबार बुद्वनगरस्थित नेकपाकाे केन्द्रीय सम्पर्क कार्यलयमा भएकाे विप्लव नेतृत्वको नेकपा निकट ‘जनगणतान्त्रिक इन्जिनियर एसाेसियन नेपाल’ काे १५ औँ बैठकलाई सम्बाेधन गर्दै साे निर्देशन दिएकी हुन् ।
संगठनका संयाेजक सुरेश सीकाे अध्यक्षता शिलुकाे प्रमुख आतिथ्यमा भएकाे बैठकले संगठनका समस्यालाई सुत्रबद्ध गरेर भाैतिक याेजना तथा निर्माण मन्त्रीलाई ज्ञापनपत्र बुझाउने लगायत संघर्षका कार्यक्रम घाेषणा गरेको छ ।
संगठनले राष्ट्रिय भेला गर्ने निर्णय समेत गरेको प्रेषित समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।