१५ बैशाख २०८१, शनिबार

गुल्मीमा नेकपाद्वारा गाउँनगर प्रशिक्षण, ११ जना पार्टी प्रवेश

0

गुल्मी: नेकपा गुल्मीले गाउँनगर प्रशिक्षण सुरू गरेको छ । पार्टीको धुर्कोट गाउँ कमिटीद्वारा नयाँगाउँमा राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न गरेको हो ।

कार्यक्रममा जिल्ला इन्चार्ज खोमा सी, जिल्ला सेक्रेटरी वसन्त सी, सचिवालय सदस्य एवं धुर्कोट गाउँ कमिटी इन्चार्ज बिनोद सीलगायतले प्रशिक्षण दिएका छन् ।

कार्यक्रमको अवसरमा नेकपा (एकीकृत समाजवादी) गुल्मी जिल्ला सदस्य कामरेड ददिराम खनालसहित विभिन्न पार्टीबाट ११ जना हाम्रो पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई अविर लगाएर पार्टी प्रवेश गराइएको हो ।

प्रशिक्षण कार्यक्रममा जिल्ला सचिवालय सदस्य कामरेड तारा सीको संचालन, गाउँ सेक्रेटरी मैत सीको अध्यक्षता, जिल्ला सदस्य चन्द्र सीको स्वागतमा सम्पन्न भयो । पार्टी प्रवेश गर्नुभएका कामरेड ददिराम सीले अनुभूति मन्तब्य राखे ।

जिल्ला सदस्यहरू बाबुलाल सी, शीतल सी, जनप्रगतिशील मोर्चा कतारका प्रतिनिधि बिबेक सी, गाउँ कमिटीका सदस्यहरू, वडा सेक्रेटरीहरू, पालिका जवस मोर्चाका प्रमुखहरू, पार्टी सदस्यहरूको सहभागी रहेकोे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।