२८ बैशाख २०८१, शुक्रबार

बिदाको दिन दुरुपयाेग गरिएका सरकारी गाडी युवा संगठनले लियो नियन्त्रणमा

0

बागलुङ: नेकपाको युवा संगठन धौलागिरी ब्यूरोले बागलुङको गलकोत नगरपालिकाले शनिबार पनि सरकारी गाडी प्रयोग गरि सरकारी समपत्तिको दुरुपयोग गरेको भन्दै बा घ १ झ १८ नम्बरको गाडी नियन्त्रणमा लिएको छ ।

बिदाको दिन सरकारी गाडी दुरुपयोग गरि गलकोट नगरपालिकाको वडा नम्बर ३ हतिया बजारमा गुडिरहेको अवस्थामा देखेपछि गाडी नियन्त्रणमा लिइएको संगठनका नेता तथा धौलागिरी ब्यूरो इन्चार्ज प्रशान्त घर्ती मगरले बताए ।

नियन्त्रणमा लिइएको सवारी गलकोट अस्थायी ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको उनले बताएका छन् । शनिबार बिदाका दिन सरकारी गाडीको दुरुपयोग हुने क्रम बढेको भन्दै निगरानी बढाइएको युवा संगठनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।