७ पुष २०८१, आईतवार

एमसीसीका मुखियासँग रात्रीभोजमा नाच्नेहरु देशभक्त हुँदैनन् : हरि योन्जन गायक तथा संगीतकार

0

बादल, प्रचण्ड, खुशीराम पाख्रिनका समकालिन तथा जनयुद्धका योद्धासमेत रहेका गायक तथा संगीतकार हरि योन्जनले एमसीसीका मुखियासँग रात्रीभोजमा नाच्ने र देशभक्त नेपालीको हुर्मत लिने प्रचण्डहरु देशभक्त शक्ति नहुने बताएका छन् । १० वर्षपछि आइतबार नारायणगढ बजारस्थित उनकै निवासमा अनिल विरहीसँग छलफलमा उनले सो कुरा बताएका हुन् । उनी नेकपाको नीति र कार्यक्रमप्रति सकारात्मक छन् ।
योन्जनका हजुरबुवा सिन्धुपाल्चोकबाट कास्की बसाई सरेका र ६० वर्ष अघि उनको परिवार चितवन झरेका हुन् । चितवन सूर्यपुरबाट नारायणगढ बजार आए । ६ दशक हिउँद कोयका उनी युवाकालमा झैँ सक्रिय छन् । पेशाले उनी गायक र संगीतकर्मी हुन् । गीत प्रस्तुतीका क्रममा उनी १३ वटा देशमा पुगेका छन् । उनी परम्परागत नेपाली बाजा मादल, दुङ्ना, सारङ्गी आफैँ बनाउँछन् ।

उनको निवास बाजा–गाजाले भरिएको छ । उनी बोट बिरुवाका पारखी पनि छन् । घरको छतमा वर–पिपल, समी जस्ता विशालकाय बोट ३० वर्षदेखि रोपेका छन् । ‘मैले यिनीहरुलाई सुगालाई झैँ पिजडामा थुनेको छु । प्लास्टिकको गमलामा पानी मात्र खान दिएपछि यिनीहरु बढ्दैनन् । विश्वमा विरुवाको पनि अधिकारको विषय उठाइन्छ’ उनी भन्छन् । उनका गीतहरु राष्ट्रियता र जनसेवामा केन्द्रीत छन् । संगीत पनि वर्गीय हुन्छ उनी भन्छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।