७ पुष २०८१, आईतवार

अखिल (क्रान्तिकारी) पुर्वी जनकपुर ब्युरोद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

0

अखिल (क्रान्तिकारी ) पुर्वी जनकपुर ब्युरो द्वारा इजरायल र प्यालेस्टाइन बिच भएको युद्धका क्रममा मृतक नेपाली विद्यार्थीहरप्रति हार्दिक श्रद्धाञ्जलीसहित उहाँहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम धनुषा जिल्लाको धनुषाधाममा सम्पन्न भएको छ ।

उक्त दिप प्रज्वलन कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पुर्वी जनकपुर ब्युरो इन्चार्ज विक्रान्त सीले सम्बोधन गरेका थिए । सम्बाेधनका क्रममा १० जना नेपाली विद्यार्थी मृतकहरुप्रति श्रद्धाञ्जली तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै ज्यान गुमाउने विद्यार्थीहरुको शव छिटोभन्दा छिटो नेपाल ल्याउनको लागि सरकारलाई जोडदार माग राखेका छन् । घाइतेहरुलाई निशुल्क उपचार र उचित राहतको व्यवस्था गर्नुपर्ने बताए ।

युद्धको घटनामा ज्यान घुमाएका १० जना विद्यार्थी मध्य १ जना धनुषा जिल्ला लक्ष्मीनिया गाउँपालिका ६ सपही निवासी आनन्द शाह पढ्ने विद्यालय वि.पी. कोइराला माध्यमिक विद्यालय सपही धनुषामा गएर विद्यार्थी नेता विक्रान्त सीले घरपरिवार आफन्तजनलाई सान्त्वना, समवेदना र मृतक आनन्द शाहप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । बेलुका दिप प्रज्वलन कार्यक्रममा सम्बोधन गर्दै नेपालको वर्तमान सरकार र राज्यव्यवस्था समग्र नेपाली जनताको पक्षमा नभएर मुठ्ठीभर शासकहरुको कब्जामा भएको जसको कारणले लाखौ युवा विद्यार्थीहरु विदेशीन बाध्य भएको उल्लेख गरे ।

उक्त दिप प्रज्वलन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी पुर्वी र पश्चिम धनुषा जिल्ला इन्चार्ज तिलक सी,पुर्वी धनुषा पार्टी सेक्रेटरी दिपेन्द्र सी र पश्चिम धनुषा जिल्ला सेक्रेटरी गौरी सी लगायत जिल्लाका नेता र विद्यार्थीहरु उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।