५ जेष्ठ २०८१, शनिबार

इजरायलमा ज्यान गुमाएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

0

मकवानपुर: अखिल (क्रान्तिकारी) मकवानपुरले प्यालेस्टाइनद्वारा इजरायलमा गरिएको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि दीप प्रज्वलन गरेको हो ।

इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा शनिबार हमास समूहले गरेको हमलामा किबुजस्थित अलुमिम कृषि फार्ममा इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको दु:खद निधन भएको थियो । बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न एक महिनाअघि मात्रै इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ मध्ये १० विद्यार्थीको ज्यान गएको हो । आफ्ना कैयौं सपनासँगै अल्पायुमै ज्यान गुमाएका विद्यार्थीहरुको सम्झनामा सोमबार अखिल (क्रान्तिकारी) मकवानपुरले श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेको हो ।

उक्त कार्यक्रम अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीको नेतृत्वमा भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष सीले मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । त्यस्तै उक्त कार्यक्रममा नेकपा दक्षिण-पूर्व मकवानपुरका जिल्ला सेक्रेटरी विवेक सीले श्रद्धाञ्जली मन्तव्य राख्दै मृतकको घरपरिवारमा न्यायोचित व्यवस्थापन गरि इजरायलको बङ्करमा तड्पिरहेका बाँकी नेपाली विद्यार्थीहरुको यथाशीघ्र उद्धार गर्न सरकारसँग अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।