१६ बैशाख २०८१, आईतवार

इजरायलमा ज्यान गुमाउनेकाे श्रद्धाञ्जलीमा काठमाडौंमा दीप प्रज्वलन

0

काठमाडौं: अखिल (क्रान्तिकारी) काे आयोजनामा प्यालेस्टाइनद्वारा इजरायलमा गरिएको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज देशैभरी दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।

मंगलबार बेलुकी काठमाडौं पुतली सडकस्थित रत्न राज्यलक्ष्मी क्याम्पस, बानेश्वर बहुमुखि क्याम्पस, लागायत उपत्यकािेभित्र र बाहिरका विभिन्न ठाउँहरूमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि दीप प्रज्वलन गरिएको हो ।

मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै बाँकी नेपाली विद्यार्थीहरुको यथाशीघ्र उद्धार गर्न सरकारले पहल गरोस् भन्ने उनीहरूको माग छ ।

इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा शनिबार हमास समूहले गरेको हमलामा किबुजस्थित अलुमिम कृषि फार्ममा बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ११ महिनाका लागि इन्टर्न गर्न एक महिना अघि मात्रै इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ मध्ये १० विद्यार्थीले ज्यान गुमाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।