१६ बैशाख २०८१, आईतवार

कैलालीमा युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) ले गरे दीप प्रज्वलन

0

इजरायलमा हमासकाे आक्रमणमा परि मृत्यु हुने नेपाली विद्यार्थीहरुको श्रद्धाञ्जलीमा अखिल (क्रान्तिकारी) कैलाली र युवा संगठन नेपाल टीकापुर नगर कमिटीले दीप प्रज्वलन गरेका छन् ।
कैलाली बहुमुखी क्यम्पसमा नेपाल कम्युनिस्ट पार्टी विप्लप निकट अखिल (क्रान्तिकारी) ले र युवा संगठन नेपाल टिकापुर नगर कमिटीले टीकापुरमा दिप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरेका छन् ।

कैलाली बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पश्चिमको कमान्ड इन्चार्ज बबरजङ्ग सीकाे नेतृत्वमा भएको थियो भने पूर्वी कैलाली टिकापुरमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश सीकाे नेतृत्वमा युवा संगठन नेपालले इजरायलमा मारिएका नेपाली विद्यार्थीको स्मरणमा टिकापुरको खडक चोकमा दिप प्रज्वलन गरेको छ ।
युवा संगठन नेपाल पूर्वी कैलालीले मंगलबार साँझ दिप प्रज्वलन गरेको हो । युवा संगठन नेपालका केन्द्रीय निवर्तमान उपाध्यक्ष दिनेश सीको उपस्थितिमा पूर्वी कैलाली जिल्लाका युवाहरुको सहभागितामा दिप प्रज्वलन कार्यक्रम गरिएको थियो ।
दिप प्रज्वलन कार्यक्रममा युवा संगठन नेपालका निवर्तमान उपाध्यक्ष दिनेशले मन्तव्य राख्दै प्यालेष्टिनीहरुको आक्रमणमा नेपाली युवा विद्यार्थीको ज्यान जानु दुखत भएको बताए ।


उनले मृतक विद्यार्थी युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घरपरिवारजनमा गहिरो समवेदना व्यक्त गरे । युवा नेता दिनेशले मृतक युवाहरुको शव नेपाल छिट्टो ल्याउन र घाईतेहरुको उपचार तथा उद्धार गर्न सरकारसँग माग गरे ।
उनले दलाल सत्ताका कारण युवा विदेशिनु पर्ने र एक अर्काको लडाईमा नेपालीले ज्यान फाल्नु पर्ने कारणले संगठन चिन्तित भएको बताए ।
प्यालाष्टिनी इस्लामीक स्ट्ट समूह हमासले शनिबार इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । कार्यक्रममा दुईवटै स्थानमा नेपाल कम्युनिस्ट पार्टीका कैलालीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।