१ जेष्ठ २०८१, मंगलवार

युवा संगठन नेपाल पश्चिम दाङद्वारा प्रादेशिक अस्पतालमा रक्तदान तथा बिरामीलाई फलफुल वितरण

0

तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिरामीलाई फलफुल वितरण गर्नुका साथै रक्तसञ्चार सेवा केन्द्रमा रक्तदान समेत गरेको छ ।

संगठनको केन्द्रीय कार्यक्रम तथा भोलि २५ गते देशव्यापी नेकपाले सी संस्कृतिको मान्यता अनुसार मृतआफन्तजनको स्मरण र सम्मानको लागि `मृतआफन्तजन स्मृति दिवस ´प्रथम स्मृति दिवसको पुर्वसन्ध्यामा आज बुधबार अस्पतालका बिरामीलाई फलफुल वितरण तथा एकीकृत जनक्रान्तिका सहिद क.महान लगाएत शहिदहरुको स्मृतिमा रक्तदान गरिएको संगठनकि राप्ती ब्युरो इन्चार्ज जिवनी सीले डेलिन्युजराप्तीलाई जानकारी दिनुभयो ।

संगठनको जानकारी अनुसार करिव १५ जनाले रक्तसञ्चार सेवा केन्द्रमा रक्तदान गरेका छन् भने अस्पतालका करिव १०४ जना बिरामीलाइ फलफुल वितरण गरिएको हो ।

रक्तदान तथा फलफुल वितरण कार्यक्रमका बारेमा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले सहिदहरुको स्मृतिमा र सी संस्कृतिको मान्यता अनुसार असोज २५ गते देशव्यापी हुने मृतआफन्तजन स्मृती दिवसको पुर्वसन्ध्यामा कार्यक्रम गरिएको वताए ।

नेता प्रदिप सीले आफ्नो पार्टीले राप्ती प्रादेशिक अस्पतालको बृहत्तर हित र प्रगतीका लागि विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि अस्पतालको सेवा प्रवाहलाइ थप प्रभावकारी बनाउन सधै अग्रसर रहने प्रतिबद्धता जनाएका थिए ।

यस्तै रक्तदान तथा फलफुल वितरणपछिको कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पदम न्यौपानेले संगठनले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए । उनले बेलाबेलामा पार्टीको युवा संगठनले अस्पतालमा विभिन्न समाजिक सेवाका कार्यमा समर्पित रहेको भन्दै आगामी दिनमा पनि संगठनको यसप्रकारका गतिविधिको आशा गरेको बताएका थिए । साथै अस्पतालको हित र प्रगतिका लागि सबै सरोकारवाला , नागरिक , राजनीतिक दल र तिनका भातृ संघ/संगठनहरुको रचनात्मक भुमिका हुनुपर्ने समेत बताए ।

कार्यक्रमको सहजीकरण युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज जिवनी सीले गरेकी थिइन् ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।