७ पुष २०८१, आईतवार

सहिदको सपना साकार पार्न कम्युनिष्टहरु एकजुट हुनुपर्छ : विप्लव

0

झापा: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सहिदको सपना साकार पार्न सबै कम्युनिष्टहरु एकजुट भएर हुनुपर्ने बताएका छन् । उनले झापाको सुखानीमा सुखानी हत्याकाण्डका सहिदहरुलाई बुधबार श्रद्धाञ्जली अर्पण गर्दै यस्तो बताएका हुन् ।
महासचिव विप्लव सीले देशमा गणतन्त्रसम्म आइपुग्दा जे जति परिवर्तन भए त्यो परिवर्तन जनताको संघर्ष र सहिदहरुको बलिदानबाट मात्रै सम्भव भएको उल्लेख गरे । उनले त्यसलाई राज्य सञ्चालन गर्ने नेतृत्वले अझैसम्म पनि गहन रुपमा बुझ्न नसकेको बताए ।
महासचिव विप्लव सीले नेपालमा एमसीसी परियोजना अन्तर्गत अमेरीकाले सैन्य हस्तक्षेप सुरु गरेको पनि बताए । उनले अहिलको संक्रमणकालीन अवस्थाबाट देश गुज्रिरहेको उल्लेख गर्दै यसलाई सहि नेतृत्वबाट उकास्न वामपन्थी कम्युनिष्टहरु एक भएर लाग्नुको विकल्प नभएको ठोकुवा गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।