७ पुष २०८१, आईतवार

एमसीसी सैन्य मोर्चा भएकाले विरोध गरेका छौँ : उषा पाठक

0

मातृभूमिकाे मायाले चिन्तित भएर र जनएकता कायम गर्ने उद्देश्यले कार्यक्रममा उपस्थित सबैलाई हार्दिक स्वागत गर्दछु । मतदान प्रक्रियालाई नै छलछाम गरेर पारित भयो भनिएको छ । कार्यपत्रमा भनिए झैँ एमसीसी गम्भीर र दिर्घकालीन प्रभाव पार्ने सम्झौता भएको कारण ध्वनी मतद्धारा पारित गर्नु आफैमा कानूनको बर्खिलाप भएको छ । त्यसको विरुद्ध हाम्रो पार्टी आन्दोलनमा छ । अरु देशभक्त संस्था र व्यक्तिहरु पनि आन्दोलनमा छन् । अमेरिकाको दबावमा सरकारमा रहेका दलहरुले एमसीसी पारित गरेका छन् । विकासे परियोजना हो भने संसदबाट किन पारित गर्नु पथ्र्यो ? चीनको विरुद्ध नेपालको भू-भाग प्रयोग गर्ने र नेपाललाई युक्रेनको हालतमा पुर्याउने षड्यन्त्र भइरहेको छ । दक्षिण एशियामा अंग्रेजको उपनिवेश नभएको देश नेपाल मात्रै हो । आजको पुस्ताले विरासत थेग्न सक्छ कि सक्दैन ?भन्ने प्रश्न उठेको छ । एमसीसी खारेज गरेर हामीले त्यसको जवाफ दिनु पर्छ । एकीकृत जनक्रान्तिले साम्राज्यवादसँग लड्ने अस्त्र दिन्छ । नयाँ पुस्ताले हामीप्रति गौरव गर्ने र भविष्यले धिकार नगर्ने गरी हामीले काम गर्नुपर्छ । एमसीसी विकासको नाममा आईपिएस बोकेर आउने भएका कारण सबै जना एकजुट भएर प्रतिकार गर्नुपर्छ । यो कार्यक्रमले त्यसको लागि वातावरण बनाउला भन्ने हाम्रो अपेक्षा छ ।

(मधेशीमुलकी उषा पाठक अ.ने.म.संघ (क्रान्तिकारी)की केन्द्रीय सदस्य हुन् । २०८० असोज २० गते भैरहवामा नेकपाले आयोजना गरेको तथा अनिल सीद्धारा प्रस्तुत “एमसीसी र राष्ट्रिय स्वाधीनताको प्रश्न” विषयक कार्यपत्र माथिको विचार गोष्ठीमा स्वागत मन्तव्य राख्ने क्रममा व्यक्त विचारको सम्पादीत अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।