७ पुष २०८१, आईतवार

युवा संगठन नेपाल पूर्वी दाङद्वारा बृद्धाश्रममा फलफूल वितरण

0

घोराही: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पूर्वी दाङले बृद्धाश्रममा फलफूल वितरण गरेको छ ।

संगठनको केन्द्रीय कार्यक्रम अनुसार आज  बुधबार घोराही-१६ तेरौटेमा रहेको बृद्धाश्रममा रहेका बृद्दबृद्दाहरुलाई फलफूल वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सीले  संगठनको केन्द्रीय योजनाअनुसार  आज देशभर बृद्धाश्रममा रहेका आमाबुवाहरुसँग भेटघाट  गरिरहेको बताए ।   आमाबुवाहरुले समाज तथा  परिवारप्रति गरेको योगदानबाट समाजले नयाँ  कुरा सिकेको भन्दै उनले परिवार र समाजप्रति आमाबुवाले गरेको योगदानले अझै सार्थकता नपाएको कुरामा जोड दिए ।

युवा नेता पाटनले बृद्द, घाइते  तथा अशक्तहरुको व्यवस्थापन गर्ने  अभिभावक भनेको  राज्य भएको उद्घोष गर्दै आज हामीले जिन्दगीभरी गरेको योगदानको कदर गरिदिने र त्यसलाई सुरक्षा गर्ने जिम्मा राज्यको भएको स्पष्ट पारे ।  देशभर बृद्धाश्रम रहेका आमबुवाहरुसँगको भेटघाटबाट आफूहरुले शिक्षा र ज्ञान हासिल गर्ने भन्दै अध्यक्ष पाटनले  अबको संस्कार र संस्कृतिलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सी, पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, संगठन पूर्वी दाङका उपाध्यक्ष शिशिर सी लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।