७ पुष २०८१, आईतवार

नेताहरुले व्यक्तिगत स्वार्थका लागि एमसीसी सम्झौता गरे : शान्ता कँडेल

0

हामी जनताको तहका मान्छेलाई पनि सिक्ने बोल्ने अवसर दिनु भएकोमा आभारी छु । नेताहरु धूर्त छन् । हामीसँग मतदान गर्ने बाहेक अरु हक छैन । हाम्रो काँधमा राष्ट्रिय सङकट समाधान गर्ने दायित्व आएको छ । नेताहरुले व्यक्तिगत लाभहानी हेरेर राष्ट्रघात गरेका छन् । नेपाली जनतालाई आर्थिक समृद्धि र विकासको भ्रम छरेर संसदबाट पारित गरेका छन् । हामीले हाम्रो गौरबशाली विरासत भूल्नु हुँदैन । १७ दिनको सुत्केरी अवस्थामा बच्चा बोकेर काँगडाको युद्धमा हाम्रा दिदीबहिनीहरु लडेका थिए । ७० वर्षको वृद्ध भक्तिथापाले नेतृत्व गर्दै गर्दा ढले ।  त्यो महान साहस र त्यागबाट यो देशको निमार्ण भएको हो । महाकाली सन्धिको समयमा पनि  विकासको मूल फुट्ने हल्ला गरिएको थियो । विकास विरोधी भनेर महाकाली सन्धि विरोधीलाई आरोप लगाइएको थियो । त्यसैले नजिर हेरेर एमसीसीको विरुद्ध बोल्नु पर्छ । पूर्खाहरुको आदर्श सम्झेर देशको रक्षा गर्नु पर्छ । हाम्रो सहकारीले महिला हिंसाको विरुद्ध राष्ट्रियताको पक्षमा भूमिका खेल्दै आएको छ । एमसीसी सम्झौता देशको हितमा नभएका कारण त्यसको विरुद्धको सङघर्षमा सहभागी हुनेछु । सम्पूर्ण महिलाहरु एमसीसीको विरुद्ध एकजुट हुनुपर्छ । अनिल सरको व्याख्या सुनेपछि सम्पूर्ण रुपमा समर्थन गर्नुपर्छ भन्ने लाग्यो । एमसीसी सम्झौता स्वीकार्न सकिन्न । सम्पूर्ण नागरिक उठ्नु पर्छ ।
(शान्ता कँडेल भैरहवास्थित ‘सक्षम सहारा बहुउद्देश्य सहकारी संस्था’ की अध्यक्ष हुन् । २०८० असोज २० गते नेकपाद्वारा भैरहवामा आयोजित तथा नेकपाका स्थायी समिति सदस्य अनिल सीद्वारा प्रस्तुत ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ कार्यपत्रमा टिप्पणीकारको रुपमा धारणा राख्ने क्रममा व्यक्त विचारको सम्पादीत अंश,यसको शिर्षक हामीले दिएका छौँ – सम्पादक) 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।