५ जेष्ठ २०८१, शनिबार

१५ औं शिवगढी कप उद्घाटन

0

कपिलवस्तु : शिवराज नगरपालिका वडा ९ बानियाभार गोल्डेन स्टार यूवा क्लबकाे आयाेजनामा १५ औं शिवगढी फुटबल कप सुरु भएको छ ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य अर्जुन केसीले शिवगढी फुटबल कपकाे उद्घाटन गरेका छन् ।
गोल्डेन स्टार यूवा क्लबका अध्यक्ष इश्वर गिरीको अध्यक्षतामा भएको उद्घाटनकाे पहिलो दिन गोल्डेन स्टार यूवा क्लबले औपचारिक महिला तथा पुरुष फुटबल शिवगढी कप सुरु गरेको छ ।

कार्यक्रममा अन्य अतिथि शिवराज नगरपालिका मेहर अजय थापा, विजयनगर गाँउपालिका अध्यक्ष गोपाल थापा, उद्योग व्यापार संघका अध्यक्ष महादेव पोख्रेल, उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष इश्वरी पाण्डे, वडा नम्बर ९ का अध्यक्ष गोपाल चौधरी लगायतका अन्य अतिथिहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा बाेल्ने वक्ताहरूले शिवराज नगरपालिका वडा ९ मा आफ्नै महत्त्वपूर्ण इतिहासले भरिएको यो ठाउँलाई यहाँका क्लबले महत्त्व दिलाएको भन्दै खेल आयाेजकलाई धन्यवाद दिएका छन् ।

१५ औं शिवगढी फुटबल कपको पहिलो खेलमा सहभागी टिम ५ मध्य बाहिनि एपिएफ र सुर्यमुखि यूवा क्लब बिच प्रयोगिता भएको थियो । सो प्रतियोगितामा आफ्नो सिटलाई सुरक्षित गर्दै एपिएफलाई १/१ को गोल बराबरीमा पेनाल्टीमा सुर्यमुखि यूवा क्लबले ४/२ ले आफ्नो टिमलाई अगाडि बढाएको छ । प्रतियोगिता ७ दिनसम्म चल्ने आयाेजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।