३१ बैशाख २०८१, सोमबार

सी संस्कृति अन्तर्गत गाेरखामा स्मरण तथा श्रद्धाञ्जली कार्यक्रम

0

नेपाल कम्युनिस्ट पार्टी गाेरखाले जनयुद्धदेखि एकीकृत जनक्रान्तिका महान सहिदहरुकाे स्मरणमा सी संस्कृति शैलीमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टीका कार्यालय सचिव गंगा सीकाे सञ्चालन र पार्टीका जिल्ला संगठन प्रमुख तथा जिल्ला सचिव माया सीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कपिल सीले जातिय विभेदको अन्त्य गरि नयाँ संस्कृति र सभ्यताको खाेजी गर्ने उद्देश्यले सी संस्कृतिको अवधारणा र विकास भएको दाबी गरे ।
कार्यक्रममा मैनबत्ति बालेर सहिदहरुकाे फाेटाेमा माल्यार्पण गरि सहिदहरुप्रति श्रद्धासुमन व्यक्त गरिएको थियो ।
कार्यक्रममा जनप्रगतिशील माेर्चा अमेरिकाका महासचिव दिपक सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा पुर्वी गण्डक ब्युरो इन्चार्ज रन सी र युवा संगठन गाेरखा जिल्ला संयाेजक राजकुमार सीकाे आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।