१६ बैशाख २०८१, आईतवार

राष्ट्रिय स्वाधीनता र समाजवादकाे लागि संघर्ष समाजवादी माेर्चाकाे कार्यभार हाे : अनिल सी

0

सुनसरी: नेकपाका स्थायी समिति सदस्य अनिल सीले राष्ट्रिय स्वाधीनता र समाजवादकाे लागि संघर्ष गर्ने उदेश्यकाे समाजवादी माेर्चा बनेको बताएका छन् ।

२५ गते असाेज माेरङकाे समाजवादी माेर्चाकाे घाेषणा र सन्देश सभालाई विशेष अतिथिकाे रुपमा सम्बाेधन गर्दै उनले एमसीसीकाे विरुद्ध संघर्षमा अपिल गरे । उनले सरकारकाे काम समाजवादी प्रकृतिको नभएको बरु एमसीसी नामकाे उदारवादले देशकाे आर्थिक सामरिक रुपले असुरक्षा पैदा गरेकाे दाबी गरे । नेता अनिलले साम्राज्यवाद परिवर्तनकारी शक्तिकाे विरुद्ध षड्यन्त्र गर्न लागेको कारण त्यसैलाई परास्त गर्न र समाजवाद स्थापनाकाे लागि संघर्ष गर्न समाजवादी माेर्चा बनेको दाबी गरे ।

साे कार्यक्रममा नेकपा (माके) का सचिव बलदेव, जसपाका मनिष सुमन र नेकपा (एस) का महेश रेग्मीले आ-आफ्नो पार्टीको धारणा राखेका थिए । कार्यक्रममा नेकपाकाे तर्फबाट संगित लिम्बू र राहुल सीसहित ८ सदस्यीय समाजवादी माेर्चा माेरङ जिल्ला कार्यसमिति घाेषणा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।