३१ बैशाख २०८१, सोमबार

गुल्मीमा नेकपाद्वारा दिवंगत प्रियजनहरूप्रति स्मरण

0

तम्घास: नेपाल कम्युनिस्ट पार्टी गुल्मीले दिवंगत आफन्त एवं प्रियजनहरूको सम्मान र सम्झनामा स्मृति दिवस मनाएको छ । जिल्ला सदरमुकाम तम्घासमा दिवस मनाएको हो ।

स्मृति दिवसमा बोल्दै नेकपा जिल्ला इन्चार्ज खोमा सीले पुरानो संस्कृति सामन्तवादको अर्थराजनीतिक अवशेष भएको बताएका छन् । उनले सामन्तवादका अवशेष र दलाल पुँजीवादी संस्कृति मिलेर हाइब्रीड संस्कृति बनेको बताउदै यसका विरूद्व कम्युनिस्ट संस्कृति जरुरी रहेकोे बताए ।

कार्यक्रममा जिल्ला सेक्रेटरी वसन्त सीले दिवंगत भएर गएका आफन्त एवं अग्रजहरूलाई सम्झिनुको अर्थ उनीहरूले गरेका सकारात्मक योगदानको अनुसरण गर्नु रहेकोे बताए ।

कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य बिनोद सीले गरेका थिए । कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरू, जबस मोर्चाका नेताकार्यकर्ता, स्थानीय पार्टी सदस्य एवं संचारकर्मीहरूको उपस्थिति थियो । नेकपाले गुल्मीमा केन्द्रीय कार्यक्रम अनुसार सी संस्कृति अन्तर्गत स्मृति दिवस मनाएको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।