१६ बैशाख २०८१, आईतवार

नेपाल कम्युनिष्ट पार्टी दैलेखद्वारा सी स्मृति दिवस कार्यक्रम सम्पन्न

0

नेपाल कम्युनिष्ट पार्टी दैलेखले सी स्मृति दिवसको कार्यक्रम सम्पन्न गरेको छ । दैलेख बजारको पार्टी कार्यालयमा गरिएको कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सीले विगतमा सामन्ती व्यवस्थाले आफ्नो सत्ता स्वार्थको लागि कसैलाई सानो र कसैलाई ठुलो जातमा विभाजन गरेका कुरा उल्लेख गर्दै वर्तमान दलाल पुँजीवाद व्यवस्थाले यसलाई संरक्षण गरेको बताए ।

पार्टीको नवौँ ऐतिहासिक महाधिवेसनले पुरानो जातिको ठाउँमा नयाँ कम्युनिस्ट सी जाति बनाउने निर्णयले नेपालको जातिय समस्या हल हुनेमा जोड दिए । सबैलाई पुरानै जाति त्यागेर नयाँ सी जातिमा रुपान्तरण हुन अनुरोध गरे । जिल्ला सेक्रेटरी प्रकाश सीको अध्यक्षतामा भएको कार्यक्रममा मृत्यु भएका सी जातिका परिवार, आफन्त र शहिदहरुप्रति श्रद्धान्जली गर्दै अविर आवरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।