३१ बैशाख २०८१, सोमबार

जाति र धर्मको बखेडा झिकेर हामीलाई फुटाउने षड्यन्त्र भइरहेको छ : बसन्त सी

0

टिप्पणीकारहरुले नेपाली र अवधी दुवै भाषामा विषयहरु राखिसक्नु भएको छ । आज पहाड,मधेश,तराई,धर्म जात अनेक अनावश्यक अतिरञ्जनापूर्ण र भ्रामक विषय उचालेर हामीलाई आपसमा लडाउन खोजिएको छ । हाम्रो राष्ट्रियतालाई कमजोर पार्न हाम्रो एकतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ । त्ल आपसी सर्भाव कायम गर्न म सबैसंग अपिल गर्न चाहान्छु । हामीलाई द्धन्द्धमा धकेल्ने र मिलाउन भनेर विदेशी सेना ल्याउने र आउने षड्यन्त्र भइरहेको छ । हामीले आफ्नो समस्या आफै समाधान गर्न सक्छौ ।
लुम्बिनी जितगढी किल्ला भएको क्षेत्र हो । उजिरसिंह थापाको नेतृत्वमा अंग्रजलाई धुलो चटाएको क्षेत्र हो । यहाँका जनताले कुनै पनि नामको वैदेशिक हस्तक्षेप स्वीकार गर्दैनन् । हाम्रो देशमा शान्तिको प्रतिक परेवा उडाउने चलन छ । तर बाजले परेवा खान खोज्दैछ । एमसीसी बाज हो । शिकार गर्न आएको छ । बाज अमेरिकाको राष्ट्रिय पंक्षि हो । अमेरिकाको षड्यन्त्र असफल पार्नुपर्छ ।
(नेकपाका पिबिएम तथा लुम्बिनी व्यूरो इन्चार्ज बसन्त सीले २०८० साल असोज २० गते नेकपाद्धारा भैरहवामा आयोजित तथा अनिल सीद्धारा प्रस्तुत कार्यपत्रमाथि भएको प्रवचन गोष्ठिमा व्यक्त विचारको सम्पादीत अंश –सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।